सर्वोच्चको न्यायाधीशमा पाँच जनाको नाम सिफारिस

maitrinews

 

काठमाडौं । न्याय परिषदले सर्वोच्च अदालतको न्यायाधीशमा पाँच जनाको नाम सिफारिस गरेको छ । न्यायाधीश सिफारिस हुनेमा पूर्वमहान्यायाधिवक्ता हरि फुयाँल र वरिष्ठ अधिवक्ता कुमार रेग्मी पनि हुनुहुन्छ । केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री भएका बेला फुयाँल महान्यायाधिवक्ता हुनुभएको थियो ।

वकिलहरुबाट मनोजकुमार शर्मालाई पनि सर्वोच्चको न्यायाधीश सिफारिस गरिएको छ ।

प्रगतिशील खेमाबाट फुयाँल र शर्मा तथा लोकतान्त्रिक खेमाबाट रेग्मी सिफारिस गरिएको हो ।
यस्तै उच्च अदालत पाटनका मुख्य न्यायाधीश प्रकाश ढुंगाना र उच्च अदालत सुर्खेतकी मुख्य न्यायाधीश सुष्मालता माथेमालाई सर्वोच्चको न्यायाधीशमा सिफारिस गरिएको छ ।
सर्वोच्चको न्यायाधीशमा सिफारिस भएका ५ जना मध्ये दुई जना प्रधानन्यायाधीश हुने लाइनमा हुनेछन् । कुनै अवरोध भएन भने फुयाँल र रेग्मी दुवैलाई प्रधानन्यायाधीशको पालो आउनेछ ।

उहाँहरु सपना मल्ल प्रधानपछि प्रधानन्यायाधीशको रोलक्रममा हुनुहुनेछ । । यससँगै वि। सं २०९० सम्म न्यायालयको नेतृत्व ‘लगभग’ तय हुने न्याय परिषद्का अधिकारीहरु बताउँछन् ।

अहिले चोलेन्द्र शम्शेर जबरा प्रधानन्यायाधीश उहाँपछि रोलक्रममा हरिकृष्ण कार्की, विश्वभर प्रसाद श्रेष्ठ र प्रकाशमान सिंह राउत सपना मल्ल,
कुमार रेग्मी र हरि फुयाँल प्रधान प्रधानन्यायाधीश हुने रोलक्रम आउनेछ ।