इरानको मृत सागर क्षेत्रमा विश्वकै लामो नुन गुफा

maitrinews

 

मृत सागर क्षेत्र इरानमा विश्वकै लामो नुन गुफा फेला परेको छ । जसलाई इजराएली अनुसन्धान टोलीका सदस्यले पत्ता लगाएका हुन् । उत्त गुफालाई ‘मल्हम‘ नामाकरण गरिएको छ । सोडोम पहाडमुनिबाट अघि बढेको उक्त गुफाको लम्बाइ १० किलोमिटर रहेको छ ।
सन् १९८० बाट खोजी प्रयास थालिएको भएता पनि अहिले १० दिन लगाएर वैज्ञानिकहरुले यसलाई फेला पारेका हून । यो गुफा बाइबलमा लोटकी श्रीमती नुनको खम्बामा परिणत भएको भनिएको क्षेत्र नजिक रहेको छ । विश्वको लामो नुन गुफाको टाइटल विगत १३ वर्ष देखि इरानकै क्वेसम आइल्याण्डमा रहेको गुफा थ्री न्यूड्स संग थियो तर हिबु्र युनिभर्सिटी अफ जेरुसेलम केभ सेन्टर लगाएत विश्वको अन्य अनुसन्धान टोली र केभरसको सहयोगपछि १० किलोमिटर लामो मल्हम नुन गुफा प्रख्यात हुदै गएको छ ।