विनासबाट जोगिन धर्मको सहारा

maitrinews

 

काठमाडौँ । धर्म शब्दको अपव्याख्या गर्ने र अफिम भन्ने पनि छन् तर धर्म र संस्कृति दुई भिन्न विषय हुन् । धर्म भनेको संस्कृतको ‘धृ’ धातुबाट बनेको हो । यसको अर्थ हुन्छ– धारण गर्नु । ‘धृ धारयति इति धर्मः । ’ ‘धारणाद धर्मः’ अर्थात् धर्म त्यो हो जसले हामीलाई सबै प्रकारका विनाश र अधोगतिबाट बचाएर उन्नति÷प्रगतितर्फ अग्रसर गराउँछ । टायलरको भनाइअनुसार ‘आध्यात्मिक शक्तिहरूमा विश्वास गर्नु धर्म हो । ’ त्यस्तै मेलिनोवस्कीका विचारमा धर्म क्रियाको एउटा विधि हो । विश्वास गर्ने एक व्यवस्था हो । धर्मद्वारा सामाजिक एकीकरण हुन्छ । ‘हामी’ भन्ने भावनाको विकास हुन्छ । धर्मले व्यक्तिलाई आपत्÷विपत्मा धैर्य धारण गरी कार्य गर्ने, साहसपूर्वक सङ्कटको सामना गर्ने, असल काम गर्ने प्रेरणा प्रदान गरी सहयोग गर्छ । धर्मले पवित्र र अपवित्रमा फरक बुझाउने कार्य गर्छ । पवित्रता, स्वच्छता र शुद्धता नै धर्म हो । पाप पुण्यको विश्लेषण गरेर पापयुक्त
९नराम्रो कार्य० कार्य नगर्न सचेत गर्छ । यसले कुबाटोमा लाग्न निषेध गर्छ । निराशा, उदासिनता र अविश्वासका कारण मानिस असामाजिक क्रियाकलापमा संलग्न हुन थाल्छ । अतः धर्मले सचेतना प्रदान गर्ने ठूलो कार्य गरिरहेको हुन्छ ।
विश्वमा धेरै थरीका धर्म छन् । खास गरेर पूर्वेली दर्शनमा हिन्दु, बौद्ध, जैन धर्म प्रचलित छन् भने अरबी देशमा इस्लाम र पश्चिमा जगत्मा इसाई धर्म बढी प्रचलित छन् । हाम्रो धर्म सनातन धर्म हो । ‘सनातनमेनमाहुरुताद्य स्यात पुनर्णवः‘—
९अथर्ववेद १०।८।२३० अर्थात् हामी त्यसलाई सनातन भन्छौं, जो आज पनि नवीकृत छन् ।
‘एस धम्मो सनन्तनो । एषधर्मः सनातनः– धम्मपद यमक वग्गो गाथा, ५ ।
मनुस्मृति २।१७।–१९, २१, २२ मा उल्लेख भए अनुसार–
सरस्वती र दृष्दवती नदीहरूका मध्यमा जो देश छन् ती देव निर्मित ब्रह्मावर्त देश कहलाउँछन्, कुरुक्षेत्र, पञ्चाल, गङ्गा–यमुनाका समीपवर्ती भूभाग ब्रह्मार्षि देश हुन् । हिमालयदेखि विन्ध्यबीचका भूभाग मध्य देश कहलाउँछन् । पूर्वी र पश्चिम समुद्र तथा हिमालय र विन्ध्यको मध्य स्थिति भूभागलाई विद्वान्हरूले आर्यावर्त भन्छन् । यही आर्यावर्तमा हामी बसोवास गर्दछौँं जहाँका बासिन्दाले तप, ज्ञान, यज्ञ र दानलाई धर्म मान्दै ‘अहिंसा परमो धर्मः’ मा विश्वास गर्दथे । जहाँ धृति, क्षमा, दया, अस्तेय, शौच, इन्द्रिय निग्रह, धी, विद्या, सत्य र आक्रोशलाई धर्मको लक्षण मानिन्थ्यो ।
धर्मको अर्थ– आत्मानुभूति हो, कोरा बहस गर्नु, दलिल दिनु वा सुगाजस्तै कुरा रट लगाउनु धर्म होइन । आमा, बुबा, गुरु र अतिथिलाई जिउँदै देऊताका रूपमा पूजा गर्ने, सम्मान गर्ने हाम्रो चलन हो ।
अहिले नेपालमा धर्मका कुरा गर्नु अर्थात् हिन्दु सनातन धर्मको कुरा गर्दा राजावादीको संज्ञा पाइन्छ १ तर विश्वको सात अर्ब जनसङ्ख्यामा सवा अर्ब हिन्दु धर्मावलम्बी छन् । जस्तै भारतमा ८५ करोड, सुरीनाम, मरिसस, फिजी, दक्षिण अफ्रिका, मलेसिया, सिङ्गापुर, बर्मा, बङ्गलादेश, युरोपीय देशहरूमा पनि छिट्फुट छन् । के ती सबै राजाका समर्थक हुन् त रु हाम्रा राजनेताहरू अङ्ग्रेजी शब्द ‘सेक्युलर’ का अर्थ नजानेर भोट तुष्टिकरण ९लाभहानीमा० लागेर धर्म निरपेक्ष शब्द भारतको संविधानबाट उधारो लिएका छन् । भारतीय संविधानमा पनि १९७६ ई। को ४२ औंँ संशोधनमा मात्र समावेश भएको शब्द हो यो । मूल संविधानमा धर्म निरपेक्ष शब्द प्रयोग गरिएको छैन । अङ्ग्रेजी शब्दकोशमा ‘सेक्युलर’ शब्दको पर्यायवाची शब्द ‘प्रोफेन’ दिएको छ, जसको अर्थ हुन्छ– अपवित्र । के हामी अपवित्र राष्ट्रका बासी हौँ रु धर्म नाउ हो– न्यायको र न्यायको अर्थ हुन्छ– पक्षपातको त्याग । आइन्सटाइनले लेखेका छन्– विज्ञान धर्मविना अन्धो हुन्छ, धर्म विज्ञान विना लङ्गडो हुन्छ तर यहाँ प्रमुख ठूला पार्टीले आफ्नो परापूर्वको सनातन धर्मको इतिहासलाई त्यागेर पश्चिमा इसाई मुलुकका लहलहैमा धर्म निरपेक्ष घोषणा गरे ।
संस्कृति शब्दको मूल हो– संस्कार । टायलरको शब्दमा ‘संस्कृति बहु जटील समग्रता हो जसमा ज्ञान, विश्वास, कला, नैतिक आचार, कानुन, प्रथा र त्यस्तै अन्य क्षमताहरू र बानी बेहोराहरू, जो मानव समाजका सदस्यका नाताले स्वतः प्राप्त गरिन्छ । ‘त्यस्तै बियस्र्टेण्डको शब्दमा ‘संस्कृति एक जटिल समग्रता हो जसमा ती सबै चिजहरू समावेश छन्, जसको बारेमा हामी सोच्दैछौँ, कार्य गर्दछौँ र समाजका सदस्यका नाताले आफूसँग राख्दछौँ । ’
संस्कृति मानव निर्मित हुन्छ । प्रकृतिका साधनहरू सबैका लागि समान हुन्छन् तर मानिस परिस्थितिअनुसार आफ्ना अनुकूल प्रक्रियाद्वारा परिवर्तन गर्छन् । माथि हामीले सप्तसैन्धव प्रान्त र आर्यावर्तका कुरा गरेका छाँैं । त्यहाँबाट विस्तारै छुट्टिएर पश्चिम उत्तरमा ‘खस’ समुदाय र दक्षिण पूर्वतर्फबाट ‘मधेशी’ समुदाय नेपाल प्रवेश गरेका हुन् । त्यस्तै उत्तरपूर्वबाट मंगोल– किराँती प्रवेश गरेका हुन् । हजारौँ हजार वर्षमा भौगोलिक भिन्नता, हावापानीको भिन्नता, भूबनोटको भिन्नताले हामी बीच धेरै भिन्नता आएका कुरा कसैले नकार्न सकिँदैन तर कतिपय चाडपर्व हामी एकैसाथ, एकसमान र एउटै तिथिमितिमा मनाउँदै आइरहेका छौँ । हाम्रो मनाउने तरिकामा भिन्नता होला तर मूल्यमान्यता समान छन् । यही मूल्यमान्यता र आदर्श संस्कृतिको मूल जरो हो ।
संस्कृतिका आवश्यक अङ्ग हुन्– समाज, समिति, संस्था, जनरीति, लोकाचार, प्रथा, नैतिकता आदि । कुनै पनि समाज र समुदायको आ–आफ्नो विशेषता हुन्छ । भाषा, भेष, खानपिन, रहनसहन, आस्था, श्रद्धा, विश्वास, परम्परा, रीतिरिवाज, प्रथा यी सबै मिलेर एउटा संस्कृतिको विकास हुन्छ । यहाँ हामीले एउटा कुरा ख्याल गर्नुपर्ने हुन्छ, जात— जाति, समूह, समाज र समुदायको अलगअलग संस्कृति देखा परे पनि राष्ट्रिय संस्कृति ज्यादै बृहद र आफूभित्र व्यापक कुरा समेटेको हुन्छ । जो एकताको प्रतीक मानिन्छ । त्यही संस्कृति, मूल्यमान्यता, आदर्शका कारण विश्वमा नेपाल हिन्दु राष्ट्रको रूपमा चिनिन्थ्यो । सत्यनिष्ठा, सदाचार, सत्यविश्वास, परोपकार, दया, सेवा, सहानुभूति, सहनशीलता, र अहिंसा सनातन हिन्दु धर्मका आधार तìव हुन् । ‘सर्वे भवन्तु सुखिनः सर्वेसन्तु निरामयाः । सर्वे भद्राणि पश्यन्तु माकश्चिद् दुःखभाग्जनः । । बहुजन हितायः, बहुजन सुखायः । वसुधैव कुटुम्बकम् । ’ यस्ता दर्शन अरू कुनै धर्म सम्प्रदायमा पाइँदैन यस्तो उदार चरित्रनाम् कहीं कतै पाइँदैन । आफ्नो धर्म संस्कृतिको परित्याग गरी अरूको धर्मसंस्कृतिको नक्कल र अनुशरण गर्नु मुर्दा संस्कार हो । जस्तै–एक जनवरी, भ्यालेन्टाइन डे, समलैङ्गिता, गे, देह व्यापार, डेटिङ, अप्राकृतिक यौन क्रिया आदि विदेशी संस्कृतिका नक्कल मात्र हुन् ।
राष्ट्रिय धर्म संस्कृतिको झलक हाम्रा चाडपर्वमा पाइन्छ । जस्तो बडादशैं देशभरि एकसाथ मनाइने यो ठूलो चाडपर्व हो । नेवार, पहाडी, सबै जातजाति र मधेसी समेतले आआफ्नो ढङ्गले यसलाई हर्षोल्लासपूर्वक मनाउँछन् । पहाडी समुदायमा नयाँ लुगाफाटा र खाने परिकारमा बढी ध्यान हुन्छ तथा जमरा र टीकाटालोको प्रधानता हुन्छ । मन्दिरमा पूजा पाठ गर्नेको घुइँचो हुन्छ । तराई मधेसमा आ–आफ्ना घरमा विशेष पूजा कुलदेवता घरमा गर्ने गरिन्छ । साथै सामूहिक रूपमा दुर्गाभगवतीको मूर्ति बनाइ ठूलो मेलाको आयोजना गरी मनोरञ्जनात्मक कार्यक्रम गरिन्छ । साथै बलि प्रदान गर्ने चलन पनि छ । बडादशैं मनाउने ढङ्ग, चलन, प्रचलन सम्बन्धमा धेरै कुरा छन् । हामीले मनाउने सामूहिक पर्व–त्यौहार ९तिहार० एकरूपताको प्रतीक छ । तिहार पनि सबै जात र समुदायमा समान रूपले मनाइन्छ, ढङ्ग अलग होला । पितृपक्षको सोह्र श्राद्ध, कुशे औंसी, गणेश चतुर्थी, सरस्वती पूजा, तीज र जिऊतीमा, माघे सङ्क्रान्ति, होलीकोत्सव, कृष्ण जन्माष्टमी, रामनवमी, महाशिवरात्रि आदि समान रूपमा मनाइन्छ । यद्यपि यी चाड पर्व मनाउने ढङ्गको भिन्नता नै हिन्दुत्वका विशेषता हुन्