उपत्यकाका नेवार समुदायले मनाउने विशेष पर्व पाहाँ चह्रे

maitrinews

काठमाडौं । उपत्यकाका नेवार समुदायले मनाउने विभिन्न चाडपर्वहरुमध्ये पाहाँ चह्रे पनि एक हो । जसलाई पासा चह्रे पनि भनिन्छ । यो पर्व हरेक वर्ष बैशााख शुक्ल प्रतिपदा चिल्लागाः चतुर्दशी यानी आजका दिन हर्षोउल्लाषका साथ मनाइने गरिन्छ ।
भक्तपुरमा यस पर्वको अवसरमा मानिस नै घोडा बनेर जात्रा गर्ने प्रचलन छ । त्यस्तै पाटनमा अन्धा घोडा डौदाउनुमा साथै बालकुमारी देवताको रथ जात्रा गरिन्छ । साथै काठमाडौंमा यस पर्वमा विभिन्न स्थानहरूमा तीन दिनसम्म परेड, मुखौटा नृत्य, घोडा रेसिङ र धार्मिक उपासना सहितका गतिविधिहरूको आयोजना गरिन्छ । नेपाल भाषामा पाहाँको अर्थ अतिथि र पासा अर्थ मित्र हो । साथीभाइ र आफन्तहरूलाई निमन्त्रणा दिई भोज खुवाउने यस पर्वको विशेषता हो । यसको पहिलो दिन देवादीदेव महादेवकाको रूपहरू मध्ये एक लूका महादेव (लुकु महादेवः) को उपासना गरिन्छ । लुकु महादेवको पूजा गर्नाले कैलाशको बास पाईन्छ भनी धर्म शास्त्रमा उललेख छ । विभिन्न देवताहरूको प्रतिनिधित्व गर्ने मास्क लगाएर प्रदर्शन गरिने नृत्य यस पर्वको मुख्य आकर्षण हो ।
यसको दोस्रो दिन घोडा जात्रा मनाईन्छ । काठमाडौंको टुडिखेलमा नेपाल आर्मीका जवाहरुले विभिन्न रोमान्चित खेलहरु प्रदर्शन गर्दछन् । जसमा राष्ट्र प्रमुख सोत सहभागी हुन्छन् । धर्म शास्त्र अनुसार घोडा जति वेगले डौदिन्छ त्यति नै चाँदै दुख कष्ट दिनेहरु देशबाट हटेर जान्छन् भन्ने भनाई छ । त्यसैकारण घोडा डौदाउने परम्परा चलिआएको हो । तर जंग बहादुरको बेलायत भ्रमण पछि नेपालमा पनि पश्चिमी संस्कृत भित्रियो । र अहिले पनि कुमारी नआइकन घोडा जात्रा सुरु गर्नु हुदैन भन्ने चलन बाँकी नै छ । त्यस्तै यसलाई अर्को दशैं पनि भन्ने गरिन्छ ।
यस पर्वमा ल्हुति अजिमा बाहेक अन्य सात अजिमाको पनि पूजा गरिन्छ । तीमध्ये पनि कंग अजिमाको जात्रालाई विशेष महत्व दिइएको छ । सवैभन्दा सानो कान्छी अजिमाले आफू भन्दा ठूला अजिमाहरुलाई भेट्न जाने हेतुले सवैतिर घुमी रथ जात्रा सम्पन्न गरिन्छ ।