मलेसियामा बस दुर्घटनाः दुई नेपालीसहित ८ जनाको मृत्यु, १४ जना घाइते

 

क्वालालम्पुर । मलेसियामा भएको सवारी दुर्घटनामा दुई नेपालीसहित ८ जनाको मृत्यु भएको छ । १४ जना घाइते भएका छन् ।
क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो कम्पनीमा काम गर्ने श्रमिकहरु चढेको बस सेलागरमा दुर्घटना हुदा दुई नेपालीको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा बर्दियाका रामु चौधरी र सर्लाहीका जगनाथ सिंह थारु छन् ।
घाइतेहरुको पुत्राजया, सेरडाग, वान्तिग अस्पतालमा उपचार भइरहेको छ । उनीहरु मध्ये तीन जना नेपालको अवस्था अवस्था गम्भीर छ ।