राप्रपा अध्यक्ष कमल थापा पक्राउ

maitrinews

 

काठमाडौं । हिन्दु राष्ट्रको माग राख्दै राप्रपाले आज राजधानीमा प्रदर्शन गरेको छ । प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । राप्रपाको प्रदर्शन पद्मोदय मोडमा आइपुग्दा प्रहरीले हक्ष्तक्षेप गरेर राप्रपा अध्यक्ष कमल थापा, नेताहरु दीपक बोहरा र बुद्धिमान तामाङलाई पक्राउ गरेको छ । दर्शनका क्रममा राप्रपाका नेता–कार्यकर्ताले निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।