बस र जिप दुर्घटनामा चालकसहित ७ को मृत्यु , ४६ जना घाइते

Maitrinews

 

 

काठमाडौं । आज सुनसरीको धरानमा बस दुर्घटना हुँदा चालकसहित ४ जनाको मृत्यु भएको छ, ३५ जना घाइते भएका छन् ।
धनकुटाको चौबिसे गाउँपालिका बुधबारेबाट धरानतर्फ आउँदै गरेको को २ ख २७१३ नम्बरको बस धरानको जिरोप्वाइन्टमा बेक फेल भई दुर्घटना भएको प्रहरीको भनाइ छ ।
दुर्घटनामा मृत्यु हुने चालक चक्रबहादुर गुरुङ, यात्रु बलबहादुर मगरको मात्र पहिचान खुलेको छ । प्रहरीका अनुसार एक महिला र उनकी छोरीको नाम खुलेको छैन । घाइतेहरुको धरानकै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।


उता,अर्घाखाँचीमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। ११ जना गम्भीर घाइते छन्।
सन्धिखर्कबाट प्युठान जाने क्रममा लु १ ज १२२९ नम्बरको जीप सोमवार दिउँसो भूमिका नगरपालिका ८ लाप्टेबाज भन्ने स्थानमा अनियन्त्रित भई दुर्घटना हुँदा २ जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले टेलिफोनमा जानकारी दिएको छ।
गम्भीर घाइते ११ जनालाई सामान्य उपचारपश्चात थप उपचारका लागि बुटवलतर्फ लगिएको छ।