हावाहुरीसहित विभिन्न स्थानमा बर्षा, सचेत रहन मौसमविदको सुझाव

maitrinews

 

काठमाडौँ । काठमाडौं उपत्यका लगायत देशका धेरै स्थानमा आज विहानैदेखि हावाहुरी र चट्याङसहित वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज देशका पूर्वी र मध्य भू–भागमा सामान्य बदली र पश्चिमि भू–भागमा आंशिक बदली रहने जनाएको छ ।

महाशाखाका मौसमविद् सुजन सुवेदीका अनुसार पश्चिमी वायुको प्रभावले अहिले धेरै ठाउँमा मेघगर्जन र हावाहुरी चलेको हो । यसकै प्रभावले उपत्यकासहित मध्य र पूर्वमा केही ठाउँमा अझै केही समय मेघगर्जन र हुरीबताससहित पानी पर्छ । त्यसपछि रोकिए पनि मंगलबार काठमाण्डौसहित मध्य र पूर्वको मौसम पूर्ण रुपमा खुल्ने संभावना कम रहेको मौसमविद् सुवेदीको अनुमान छ ।

देशको पूर्वी मध्य भू–भागका केही स्थानमा र पश्चिमका १–२ स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको जनाइएको छ । पूर्वी र मध्य तराईका केही स्थानहरुमा हुरी बतास चल्ने सम्भावना छ भने हिमालि भेगका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना छ ।

रातिः देशका पूर्वी भु–भागमा आंशिक देखि सामान्य बदली र बाँक्री भू–भागमा आंशिक बदली रहनेछ । देशको पुर्वी तथा मध्य भू–भागका केही स्थानमा र पश्चिमी पहाडी भू–भागका एक वा दुई स्थानमा मेघ गर्जनका साथ हल्का वर्षाको सम्भावना देखिन्छ।

पूर्वि तथा मध्य तराईका केही स्थानहरुमा हुरि बतास चल्ने सम्भावना छ । मध्य र पूर्वी हिमाली भेगका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना छ ।