ज्येष्ठ नागरिक स्वास्थ्य बीमा योजना सुरु, वृद्धभत्ता बढाइने घोषणा

Maitrinews

 

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले ज्येष्ठ नागरिक स्वास्थ्य बीमा योजनाको सुरुवात गर्नुभएको छ । आइतबार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित विशेष समारोहकाबीच प्रधानमन्त्री ओलीले योजनाको सुरुवात गर्नुभएको हो ।

कार्यक्रमलाई संबोधन गर्दै प्रधानमन्त्री ओलीले बृद्धभत्ता बढाउने घोषणा गर्नुभयो । ओलीले आगामी आर्थिक वर्षको बजेटमा वृद्धभत्ता बढाउने घोषणा गर्नुुभएको हो। उहाँले अब दिइने बृद्धभत्ताको रकम झोलामा नभई चेकमार्फत् दिईने घोषणा समेत गर्नुभयो। उहाँले भन्नुभयो, कसैलाई वृद्ध भत्ता बढाएकोमा नमज्जा लागेछ। वृद्धभत्ता बढाएर के फाइदा रु भन्ने पनि सुनियो। बाआमालाई खुवाउदा पनि फाइदा खोज्ने भेटियो। भत्ता बढाएरै छाड्ने हो ।ु

सो योजनामा अब सबै नेपालीको बैंक खाता हुने र ७० वर्ष नाघेका बृद्धबृद्धाहरुलाई स्वास्थ्य बीमा गराउने समेत समेटिएको छ । प्रधानमन्त्री ओलीले १०० वर्षिया जमुना गुरुङ र ९४ वर्षीया गौरी श‌ंकर दास लगायतकको नाममा ज्येष्ठ नागरिक स्वास्थ्य बीमा कार्यक्रमको बीमा प्रमाणपत्र हस्तान्तरण गर्दै सो अभियानको सुरुवात गर्नुभयो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, स्वास्थ्यबीमा बोर्ड, नेपाल राष्ट्र बैंक र नेपाल बैंकर्स एशोसिएनसको आयोजनामा यस्तो योजनाको सुरुवात गरिएको हो।