लुक्लामा विमान र हेलिकप्टर ठोक्किँदा तीन जनाको मृत्यु

maitrinews

 

लुक्ला । सगरमाथाको प्रवेशद्वार मानिने लुक्लास्थित तेन्जिङ(हिलारी विमानस्थलमा समिट एअरको विमान धावनमार्गबाट चिप्लिएर गई मनाङ एअरको हेलिकप्टरमा ठोक्किँदा कम्तीमा तीन जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।

सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी नरेन्द्रकुमार रानाका अनुसार घटनामा परेर समिट एअरको विमानका एक सहचालक र विमानस्थल सुरक्षामा खटिएका नेपाल प्रहरीका दुई प्रहरी सहायक निरीक्षकको मृत्यु भएको हो।

उनका अनुसार दुर्घटनामा मनाङ एयरको हेलिकप्टर र समिट एयरको विमानका मुख्य चालक घाइते भएका छन्। उनीहरूलाई हेलिकप्टरबाट काठमाण्डू पठाइएको छ।

उडान गर्न लाग्दा विमान धावनमार्गबाट चिप्लिएर हेलिप्याडतिर गएको लुक्ला विमानस्थलका प्रबन्धक इमनाथ अधिकारीले बताए। तर विमान धावनमार्गबाट चिप्लिनुको कारण खुलेको छैन।