प्रधानमन्त्री ओलीद्वारा सिरुवा पर्वको शुभकामना

Maitrinews

 

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वी नेपालको झापा, मोरङ र सुनसरीमा मनाइने सिरुवा पर्वका अवसरमा शुभकामना दिनुभएको छ ।
प्रधानमन्त्री ओलीले पूर्वी नेपालमा बसोबास गर्ने राजवंशी, ताजपुरिया, थारु, गनगाईं, माझीलगायतका जातजातीले मनाउने सिरुवा पर्वका अवसरमा स्वदेश तथा विदेशमा बसोबास गर्ने त्यस समुदायका दिदीबहिनी तथा दाजुभाइमा सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको कामना व्यक्त गर्नुभएको छ ।

सन्देशमा प्रधानमन्त्रीले “नेपाल बहुभाषिक, बहुजातीय, बहुसांस्कृतिक देश हो, मुलुकमा बसोबास गर्ने विविध जातिले मनाउने विविध प्रकारका चाडपर्वले आपसमा सद्भावको सन्देश प्रवाह गरेको छ, अहिले मानिस एक समुदायको चाड पर्वमा अर्को समुदाय पनि सहभागी भएर आत्मियता र एकता दर्शाउने गरेका छन्”, प्रम ओलीको शुभकामना सन्देशमा भन्नुभएको छ ।

उहाँले आफ्नो सन्देशमा नेपालीलाई विविधताभित्र एकतामा बाँध्ने एउटा महत्वपूर्ण सूत्र यस्तै चाडपर्व भएकाले हामीले यस प्रकारका चाडपर्वको मौलिकतालाई जोगाउँदै मितव्ययी ढङ्गले मनाउनु पर्दछ भन्नुभएको छ ।