पूर्ववर्ती सरकारका सदस्यहरू गिरफ्तार

Maitrinews

 

सुडान । सुडानको सङ्क्रमणकालीन सैनिक परिषद्‌ले पूर्ववर्ती सरकारका सदस्यहरूलाई गिरफ्तार गरेको छ। उसले कैयौँ हप्तादेखि प्रदर्शन गर्दै आएका प्रदर्शनकारीलाई तितरबितर नपार्ने प्रतिबद्धता जनाएको छ।

परिषद्‌का एकजना प्रवक्ताले विपक्षीहरूलाई नयाँ प्रधानमन्त्री छान्न आग्रह गर्दै त्यसलाई कार्यान्वयन गर्ने जनाएका छन्।
महिनौँदेखिको प्रदर्शनबीच गत बिहीबार राष्ट्रपति ओमार अल(बशीरलाई पदच्युत गरी पक्राउ गरिएको थियो।
गैरसैनिक सत्ताका लागि तत्काल कदम नचालिएसम्म सडकमा प्रदर्शन जारी राख्ने प्रदर्शनकारीले अडान लिएका छन्।