विद्यार्थी भर्ना अभियानबाट सुरु, १० लाख विद्यार्थी भर्ना हुने

Maitrinews

 

काठमाडौ । हाम्रो नगर हाम्रो गाउँ, सबै बालबालिकालाई विद्यालय पुर्‍याउँ भन्ने नाराका साथ मुलुकभर एकसाथ आज, विद्यार्थी भर्ना अभियानबाट सुरु भएको छ ।

बैशाख १४ गतेसम्म चल्ने अभियानमा संस्थागत र सामुदायिक दुबै तर्फ करीब १० लाख विद्यार्थी विद्यालयमा भर्ना हुने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ ।

भर्ना अभियान अन्र्तगत कक्षा १ मा विद्यार्थीहरु भर्ना हुनेछन् । विद्यालय जान सक्ने उमेर समूहका बालबालिकालाई विद्यालय भर्ना गराउने उद्देश्यका साथ हरेक वर्ष सरकारले भर्ना अभियान सञ्चालन गर्दै आएको छ । अभिभावकमा चेतनाको कमीका कारण पनि विद्यालय जाने उमेर समूहका बालबालिका विद्यालय बाहिर रहेका छन ।