आर्य सत्य

maitrinews

आर्य सत्य विश्वव्यापी तथ्य हो । जसले हाम्रो जीवनमा भएका समस्यामाथि विजय प्राप्त गर्ने मार्गको रूपरेखा प्रस्तुत गर्छ । बुद्धको सवै शिक्षाहरुको संरचनाको आधार पनि यही हो ।
आर्य सत्यको पहलो सत्य हो, दुख सत्य । जन्मदेखि मृत्युसम्म सुखको पल धेरै हुन्छन् तर ती सवै क्षणिक मात्र हुन्छन् । र ती क्षणिक सुखले पनि अन्त्यमा दुख निम्त्याउँन सक्छ । साथै जीवनम धेरै अप्रिय घटनाहरु पनि हुन्छन् नै । बीमारी, निराशा, अक्लोपन, चिन्ता र असन्तोष आदि सवै सजिलै पहिचान गर्न सकिने दुख हुन् । हमी कुनै पनि वस्तुको आनन्द लिन्छौं तर ती आनन्द र सुख पनि कहिल्यै स्थायी हुँदैन । त्यसले दीर्घकालीन सन्तोष प्रदान गर्दैन र केही समय पछि दुःखमा बदलिने प्रकृतिको हुन्छ । जब हामी कठिग्रिंएको चिसोबाट बच्न तातो कोठामा जान्छौं तर केही बेर पछि त्यही तातो गर्मीमा परिणत हुन्छ र त्यो पनि असह्य हुन् थाल्छ । फेरि हामी सितल हावाको तलासमा बाहिर निस्किन्छौं । यसरी अस्थिरताले सधैं दुख नै निम्त्याउँने गर्छ ।
दोस्रो आर्य सत्य दुखको कारण हो । जीवनमा दुख र सुख बिनाकारण उत्पन्न हुदैन । बल्कि अनेक प्रकारका कारण र परिस्थितिहरुबाट उत्पन्न हुने गर्छ । हाम्रो वरिपरीको समाज , बाहरी तत्वले दुख उत्पत्तिको स्थितिहरुको निर्माण गर्छ । तर बुद्धका अनुसार हामीले दुखको वास्तविक कारणलाई हामीले आफ्नो चित्तमा खोज्न सक्नुपर्छ । घृणा, इष्र्या, लोभ आदि आफ्नो अशांतकारी मनोभावले हामीलाई मन, वचन र कर्मबाट नराम्रो काम गर्न प्रेरित गर्छ । जसले दुख निम्त्याउँछ । बुद्धले अझ गहराईमा चिन्तन गरी यी मनोभावहरुका पछाडि लुकेको दुख को वास्तविक कारण, वास्तविकताको विषयमा हाम्रो मिथ्या बोध को उजागर गर्नुभएको छ । यसको सम्बंध हाम्रो व्यवहारको दीर्घकालिन प्रभावहरुका बारेमा चेतनको अभाव र भ्रम तथा समस्त सृष्टिको अस्तित्वको विषयमा भएको व्यापक गलत धारणामा रहेको बताउनु भएको छ ।
तेस्रो आर्य सत्य दुखको यथार्थ निरोध हो । यदि हामी दुखका कारणहरु नष्ट गर्न सक्षम भयौं भने त्यसको परिणामबाट मुक्त हुन सकिने उपदेश बुद्धले दिनुभएको छ । यदि हामीले आफूमा भएको मिथ्या भ्रम समाप्त गर्न सफल भएमा दुख जीवनमा कहिल्यै फर्किदैन । तव दुखका सम्पूर्ण कारण तत्व नै नष्ट हुन्छ ।
चौथो आर्य सत्य हो, चित्तको यथार्थ मार्ग । आफूमा विद्यमान अज्ञानताबाट मुक्ति प्राप्तीका लागि क्षणिक सुख प्राप्तीको पछि लाग्नु भन्दा दीर्घकालीन सुखको योजना बनाउनु पर्छ । जीवनको कुनै एक सानो कोणमा केन्द्रित हुनुको साटो व्यापक परिदृश्य खोज्नुपर्छ । वर्तमान मात्र सुधार्नु नभई पछिसम्मका लागि हितकारी काम मा अघि बढ्नुपर्छ ।
हामी सवै सुख चाहन्छौं तर सुख कुनै कारणबस हाम्रो पहुच भन्दा बाहिर रहन्छ । सुख प्राप्तिका लागि बुद्धले सुझाएको मार्ग – चार आर्यसत्य सार्वभौमिक छ । र सदाकालका लागि सान्दर्भिक छ । आर्य सत्यको अनुशरण गरी हामी जीवनमा दुखरुपी भव सागरबाट मुक्त हुन सक्छौं । जब हामी दुखको सही पहिचान गर्न सक्छौं तव मात्र त्यसको निरोधको मार्ग सम्भव छ ।