भूउपग्रह प्रक्षेपण गरेसँगै नेपाल अन्तरिक्ष युगमा प्रवेश

maitrinews

 

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल अन्तरिक्ष युगमा प्रवेश गरेको बताउनुभएको छ । नेपालको आफ्नै स्याटलाइट अन्तरिक्षमा पठाइएपछि उहाँले खुसी व्यक्त गर्दै नेपाल अन्तरिक्ष युगमा प्रवेश गरेको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले ट्वीट गर्दै स्याटलाइट निर्माणदेखि प्रक्षेपणको कार्यसम्म संलग्न सबै वैज्ञानिकहरुलाई बधाइ दिनुभएको छ । यसबाट नेपालको प्रतिष्ठा बढेको उहाँको भनाइ छ । बिहीबार बिहान २ः३१ बजे अमेरिकाको भर्जिनियाबाट नेपालको भूउपग्रह ‘नेपालीस्याट १’ अन्तरिक्षमा प्रक्षेपण गरिएको छ । यसको तौल झण्डै एक किलो छ । नेपाली भूउपग्रहलाई एन्टारेस नामक वायुयानभित्र रहने सिग्नस कार्गो विमानमा राखेर अन्तरिक्षमा पठाइएको छ ।

यसबाट नेपालले आफ्नो भूभागको मौसम, पानी, तापक्रम आदि समेटिएका तस्वीर र सूचनाहरू प्राप्त गर्न सक्ने छ ।