निगमको जहाजमा फेरि चरा ठोक्कियो

maitrinews

 

काठमाडौँ । मलेसियाको राजधानी क्लालामपुरबाट आउँदै गरेको नेपाल वायुसेवा निगमको जहाजमा बिहीबार बिहान चरा ठोक्किएको छ । निगमको उडान नम्बर आरए४१६ अवतरण गरेर धावनमार्गमा गुडिरहेका बेला पछाडिको ल्याण्डिङ गियर पाङग्रामा चरा ठोक्किएको हो । ठूलो क्षति हुनबाट जोगियो स्रोतले भन्यो, उडानमा रहेका बेला इन्जिनमा चरा ठोक्किएको भए करोडौं नोक्सानी हुने थियो ।
चरा ठोक्किएको विमान निगमको न्यारोबडी विमान हो । नेपाली नाम सगरमाथा रहेको यसको कलसाइन किलो व्हिस्की हो । निगमका प्राविधिकहरुले बिहीबार बिहानै जाँच गरी जहाज ग्राउन्डेड गर्न नपर्ने जनाएका छन् ।
यो जहाज निगमले ०७१ माघमा एयरबससँग खरिद गरेर ल्याएको पहिलो ब्रान्डन्यू एयरबस हो । यसअघि भदौंमा पनि क्लालामपुरबाट १५८ यात्रु बोकेर काठमाडौंमा अवतरण गर्दैगर्दा यसको बायाँ पखेटाको एयरफ्रेममा चरा ठोक्किँदा ग्राउन्डेड भएको थियो ।