कोलम्बोका तीन चर्च र तीन होटलमा बम विस्फोट, १५६ जनाको मृत्यु , ४०० भन्दा बढी घाइते

maitrinews

 

कोलम्बो । श्रीलंकाको राजधानी कोलम्बोस्थित ३ गिर्जाघर र ३ होटलमा भएको श्रृंखलावद्ध बम बिस्फोटमा परी हालसम्म १५६ जना को मृत्यु हुनुका साथै ४०० जना घाइते भएको दाबी सुरक्षा निकायले गरेको छ । प्रहरी प्रवक्ताका अनुसार बिस्फोटको जिम्मेवारी कसैले पनि लिएको छैन ।
इसाई धर्मावलम्बीहरुले इस्टर पर्व मनाइरहँदा गिर्जाघरलाई लक्षित गरी बिस्फोट भएका कारण पनि धेरैजना हताहत भएको हुनसक्ने बताइएको छ। स्रोतका अनुसार कोलम्बोका चल्तीका २ होटलमा बिस्फोट भएको छ। त्यसबारे थप विवरण भने दिइएको छैन।
कोलम्बो राष्ट्रिय अस्पतालमा घाइतेहरुको उपचार भइरहेको छ।