नेपाल कम्युनिष्ट पार्टी स्थापनाको ७० औँ दिवस मनाईँदै

maitrinews

 

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०ले ७० औं पार्टी स्थापना दिवस मनाउने भएको छ । नेकपाले आज प्रज्ञाभवन कमलादीमा पार्टीको स्थापना दिवस मनाउन लागिएको हो ।
नेपालमा कम्युनिष्ट पार्टी स्थापना भएको ७० वर्ष भएको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० ले कम्युनिष्ट पार्टी स्थापनाको दिवस पारेर आज विशेष कार्यक्रम गर्दैछ ।

दिवसलाई उसले भव्य रुपमा मनाउने तयारी गरेको जनाएको छ । कमलादीमा हुने विशेष कार्यक्रममा शीर्ष नेताहरुले सम्बोधन गर्ने तय भएको छ ।

७० वर्षअघि अर्थात सन् १९४९ को अप्रिल २२ मा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको थियो ।