तारा एयरको विमान दुर्घटना, सबै यात्रु सकुशल

maitrinews

 

रामेछाप । रामेछापको मन्थली विमानस्थलमा तारा एयरको विमान दुर्घटना भएको छ । तर, कुनै मानवीय क्षति भने भएको छैन ।
सोलुबाट मन्थली आएको विमान सोमबार बिहान करिब ९ बजे अवतरणका क्रममा चिप्लिएर दुर्घटना भएको हो । तारा एयरको ९–एन एकेके कल साइनको ट्विनेटर विमान ल्यान्डिग गियर फेल भएपछि दुर्घटनाग्रस्त भएको थियो । विमानमा १४ यात्रु सवार थिए । तर कुनै मानवीय क्षति नभएको मन्थली विमानस्थल कार्यालयले जनाएको छ ।