लाभकर बढी निर्धारण गरेको भन्दै एनसेलद्वारा सर्वोच्चमा मुद्दा

maitrinews

 

काठमाडौँ । ठूला करदाता कार्यालयले धेरै कर निर्धारण गरिएको भन्दै एनसेलले सर्वोच्चमा रिट दायर गरेको छ । आयकर ऐन २०५८ को व्यवस्था अनुसार कर निर्धारणको अंक नमिलेको भन्दै सोमबार मुद्दा दायर गरको हो ।
गतसाता ठूला करदाता कार्यालयले एनसेलमाथि ६२ अर्ब ६३ करोड रुपैया कर निर्धारण गरेको थियो। यसमध्ये करिब साढे ३९ अर्ब रुपैयाँ एनसेलले बुझाउनुपर्ने हुन्छ। तर उसले करिब साढे १४ अर्ब रुपैयाँ हुनुपर्ने मागदाबी गरेको छ।