बीआरआईप्रति सबै सकारात्मक बन्नुपर्छ : राष्ट्रपति

maitrinews

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बीआरआईको योजनाका लागि लिइने ऋण सकारात्मक रहेको बताउनुभएको छ ।

चिनियाँ सञ्चारमाध्यम सीजीटीएनलाई दिएकोे अन्तर्वार्ताको क्रममा उहाँले चीनको महत्वाकांक्षी योजना बेल्ट एण्ड रोड इचिशिएटिभ ९बीआरआई०का लागि सबै पक्षले संयुक्त पहल शुरु गर्नुपर्ने बताउनुभएको हो ।

यस साता चीनमा हुन गइरहेको दोस्रो बीआरआई सम्मेलमा भाग लिन जानुअघि भण्डारीले यस्तो बताउनुभयो । काठमाडौंमा चिनियाँ पत्रकारहरुसँगको अन्तर्वार्तामा उहाँले बीआरआईप्रति नकारात्मक हुन नहुने बताउनुभयो ।

राष्ट्रपति भण्डारीले यो योजनाले नेपालको विकासमा सहयोग पुग्ने पनि विश्वास व्यक्त गर्नुभयो । उहाँले अल्पविकसित मुलुक भएको कारण पनि नेपाललाई वित्तीय लगानी र प्राविधिक सहकार्यको जरुरी रहेको बताउनुभयो ।

उहाँले नेपालको उज्ज्वल भविष्य चीनको भविष्य र चीनले नेपाललाई गर्ने सहयोगी व्यवहारमा आधारित रहने बताउनुभयो । दोस्रो बीआरआई सम्मेलन बिहीबारबाट शुरु हुँदैछ ।
यो सम्मेलन आइतबार सकिनेछ । यो सम्मेलनमा १५० मुलुकका ५ हजारभन्दा बढी सहभागी हुँदैछन् । यसमा ९० अन्तर्राष्ट्रिय संगठन र ३७ मुलुकका सरकारप्रमुख पनि सहभागी हुनेछन् ।