गुजरात  । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो मताधिकार प्रयोग गर्नुअघि मंगलबार आफ्नी आमाको खुटामा ढोगेर आशिर्वाद लिएका छन् ।

भारतमा लोकसभा निर्वाचनअन्तर्गत आज तेस्रो चरणमा विभिन्न राज्यमा मतदान हुँदैछ । प्रधानमन्त्री मोदीले आजै आफ्नो मताधिकार प्रयोग गरि चुनावमा भोट हाल्दैछन् ।

उनले गान्धीनगर लोकसभा सिटअन्तर्गत रानिप मतकेन्द्रमा मतदान गर्दैछन् ।

मतदान गर्नुअघि उनले गान्धीनगरस्थित निवास पुगेर आमा हीराबेनको चरणस्पर्श गरेका हुन् । मोदीकी आमा गान्धीनगरमै बस्दै आएकी छन् । आशिर्वाद लिन आएका मोदीलाई आमाले सगुनबापत मिठाई दिएकी थिइन् । निधारमा टिका लगाइदिएर मोदीलाई उनकी आमाले आशिर्वाद दिएकी छन् ।