काठमाडौंमा दुई पटक भूकम्पको धक्का, केन्द्रविन्द्र धादिङको नौबिसे

maitrinews

 

काठमाडौं । धादिङको नौबीसेलाई केन्द्रविन्दु बनाएर बुधबार बिहानै भूकम्प गएको छ । भूकम्पको धक्का काठमाडौं उपत्यकामा समेत महसुस भएको छ ।
भूकम्पमापन केन्द्रका अनुसार बिहान ६ बजेर २९ मिनेटमा ५।२ रेक्टरको भूकम्प गएको हो । त्यसको ११ मिनेटपछि ४।३ रेक्टर स्केलको अर्को परकम्प गएको छ ।
चार वर्षअघि १२ वैशाखमा विनाशकारी भूकम्प गएको थियो । वैशाख १२ को अघिल्लो दिन भूकम्पले हल्लाउँदा धेरै मानिस बाहिरै निस्किएका छन् ।
तर भूकम्प मापन केन्द्रले भने यो दुवै परकम्प नै भएको बताएको छ ।