आजदेखि राष्ट्रपति विद्यादेवी भण्डारीको चीनको राजकीय भ्रमणमा

 

काठमाडौ । राष्टपति विद्यादेवी भण्डारी आजदेखी चीनको ९ दिने राजकीय भ्रमणका लागि त्यसतर्फ प्रस्थान गर्नुभएको छ ।

राष्ट्रपति भण्डारी आज ११ बजे नेपाल बायुसेवा निगमको बिमानमार्फत चीनको सियान प्रस्थान गर्नुभएको हो । सियानबाट उहाँ बेइजिङ जानुहुनेछ ।
चीनको राजकीय भ्रमणका क्रममा नेपालले रेलदेखि सुरुङमार्गसम्मका परियोजनामा चिनियाँ अनुदान ल्याउने प्रयास गर्ने भएको छ  । राष्ट्रपति भण्डारीको चीन भ्रमणका लागि नेपालले बेल्ट एन्ड रोड इनिसिएटिभ्स बीआरआई सम्बन्धी परियोजनाका ९ वटा सूची तयार पारेको छ  । चीनबाट अन्तरदेशीय विद्युत प्रसारणलाइन विस्तार गर्ने, नौबिसे काठमाडौं सुरुङ मार्ग निर्माणलगायतका प्रस्ताव नेपालले तयार पारेको छ ।
त्यस्तै भ्रमणका क्रममा केरुङ–काठमाडौं रेलमार्ग रेलमार्गको विस्तृत अध्ययन प्रस्ताव राख्ने, हुम्ला जोडिने हिल्सा नाका र मुस्ताङसँग जोडिएको केरला नाका खोल्नेलगायतका विषयमा पनि कुराकानी हुने परराष्ट्रमन्त्रालयले जनाएको छ ।

भ्रमणका क्रममा राष्ट्रपति विद्या भण्डारी र चिनियाँ समकक्षी सी जिङपिङबीच द्विपक्षीय वार्ता हुनेछ। वार्तामा दुई पक्षीय हीतका विषयमा कुराकानी हुनेछ । त्यस्तै दुवै देशबीच व्यापार तथा पारवहन सन्धिको प्रोटोकलमा हस्ताक्षर हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

त्यस्तै भण्डारीले दोस्रो बीरआरआई सम्मेलनमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । यो सम्मेलनमा राष्ट्रपतिले नेपालको चासोबारे धारणा राख्ने कार्यतालिका छ । त्यस्तै राष्ट्रपतिलाई उच्च सम्मान दिइने छ ।

राष्ट्रपतिले नेतृत्व गर्ने ५० सदस्यीय टोलीमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ र महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापा पनि चीन जाँदैहुनुहुन्छ । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल, सांसदहरू, उच्च सरकारी अधिकारीहरूलगायत सहभागी हुनेछन।