डडेल्धुरामा बस दुर्घटना, पाँच जनाको मृत्यु

maitrinews

 

डडेल्धुरा । बुधबार बिहान डडेल्धुराको गन्यापधुरा गाउँपालिका १ मा बस दुर्घटना भएको प्रहरीले बताएको छ । भिमदत्त राजमार्ग अन्तर्गत डडेल्धुराको साहुखर्कमा भएको दुर्घटनामा ५ जनाको ज्यान गएको छ भने ३२ जनाभन्दा बढी यात्रु घाइते भएका छन् ।

३२ जना भार क्षमता भएको बसमा ५० बढी यात्रु र व्यवसायिक प्रयोजनका लागि सयौं क्विन्टल सामान बोकेर धनगढीबाट बझाङका लागि छुटेको बस दुर्घटना हुँदा ५ जनाले ज्यान गुमाएका छन् भने ५ जना सख्त घाइते छन्।

दुर्घटनामा ज्यान गुमाउनेमा बझाङ तल्कोट(४ का ४४ वर्षीयका धनबहादुर घर्ती , केदारसिंह गापा(५ का २५ वर्षीय नरेन्द्र गुरुधामी , तल्कोट(५ का ५५ वर्षीया कलशी देवी गुरुधामी ,केदार गापा(५ का हरुली बोहरा, भारत बिहारका २५ वर्षीय मोहम्मद नसीर रहेका छन्।

ट्रफिक प्रहरी प्रमुख कृष्ण किरण चन्दले दिएको जानकारी अनुसार अत्याधिक भारका कारण दुर्घटना भएको हो। ना६ख १८३१ नम्बरको यात्रुबाहक बस बुधबार बिहान ५ बजेतिर सडकबाट २ सय मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ।

धनगढीबाट मंगलबार साँझ ४ बजेतिर हिँडेको बस १३ घण्टा पछि डडेलधुराको साहुखर्क पुगेको देखिन्छ। अत्तरियादेखि ४ घण्टामा पुग्न सकिने दुर्घटनास्थल पुग्न निकै समय लागेको बसका यात्रु बझाङ कोटभैरवका धर्मसिंह रोकायाले बताए। उनले भने, ुव्यवसायिक प्रयोजनका लागि बझाङ लैजान लागेको समानको विषयमा विवाद हुँदा अत्तरियामा मात्र ३ घण्टा बस रोकिएको थियो। अत्तरियामा रहेका ट्रफिक प्रहरीसँग सेटिङ मिलाएपछि राति अबेर बस हिँडेको थियो।ु