जिल्ला कमिटीको एकता सहमतिमै : नेपाल

maitrinews

 

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले जिल्ला कमिटीहरुको टुंगो लगाउने समयमा शीर्ष नेतृत्वबीच सहमति भएर नै टुंग्यायिएको स्पष्ट पार्नुभएको छ ।
मदन भण्डारी स्मृति वाटिका स्थापना दिवसको अवसरमा बुधबार आयोजित कार्यक्रममा वरिष्ठ नेता नेपालले जिल्ला कमिटी नेतृत्व सबैलाई चित्त बुझ्ने गरी बनाइएको र त्यसमा आफू सन्तुष्ट रहेको बताउनुभयो ।

७० औ पार्टी स्थापना दिवस र जिल्लाकमिटिको नामावली सार्वजनिक गर्ने दिन वैशाख ९ गते प्रज्ञाभवनमा आयोजित कार्यक्रमबाट बीचमै छोडेर हिडेको र उहाँ सन्तुष्ट नभएको भन्ने प्रतिक्रिया आइरहेका बेला नेता नेपालले ‘‘पार्टी एकताको जुन काम भएको छ, त्यो सबैको सहमतिमा भएको बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘जिल्ला कमिटी मसँगको सहमतिमै भएको हो । सहमति भन्दा तलमाथि भएको छैन, ठिक ढंगले भएको छ । नभए त म बोली हाल्छु नि ।’

नेकपा स्थापना दिवसको दिन आयोजिक कार्यक्रममा जिल्ला अध्यक्ष र सचिवको सूचीमा माधव नेपालको असन्तुष्टि भनेर प्रचार गरिनु अनावश्यक टिप्पणी भएको उहाँको भनाइ थियो ।