राष्ट्रपति भण्डारीबाट ता सियान बौद्ध मन्दिरको अवलोकन

maitrinews

 

सियान । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार बिहान ता सियान बौद्ध मन्दिरको अवलोकन गर्नुभएको छ । मन्दिर परिसरमा आइपुग्दा उनलाई त्यहाँका प्रमुख चेन किङले स्वागत गर्नुभयो । साथै मन्दिरका विषयमा राष्ट्रपति भण्डारीलाई जानकारी दिइएको थियो ।
चीनमा बौद्ध धर्मावलम्बीका लागि यो राम्रोसँग संरक्षण गरिएको प्राचीन धार्मिक मन्दिर हो । यो शहरबाट करीब चार किलोमिटर दक्षिणी बाहिरी भागमा अवस्थित छ ।

ता सियान मन्दिरले आफ्नो ख्यातिका कारण अधिकतम पर्यटक आकर्षण गर्छ । यसको निर्माण साधारण भए पनि आकर्षक छ ।

यो मन्दिर ताङ वंशको शासनकालमा सम्राट गाओजोङका पालामा इसं ६५२ मा बनेको हो । यस मन्दिरमा पुजारी सेङचुङले भारतबाट ल्याएको बौद्ध सामग्री राख्ने गरिन्थ्यो ।