खुलामञ्च अतिक्रमण गरी बनाइएका टहरा भत्काइयो

maitrinews

 

काठमाडौँ । खुलामञ्च अतिक्रमण गरेर बनाइएका सटर काठमाडौँ महानगरपालिकाले डोजर लगाएर भत्काएको छ । मेयर विद्यासुन्दर शाक्य नेतृत्वको टोलीले अवैधानिक रुपमा बनेका ५१ वटा सटरमा डोजर चलाएको थियो । काठमाडौं टावर निर्माणको जिम्मा लिएको जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्सले खुलामञ्च अतिक्रमण गरी सटर बनाएर भाडामा लगाएको थियो ।

ठाउँ उपलब्ध गराएबापत उसले प्रतिसटर १५ लाख रूपैयाँसम्म लिलामी उठाउने गरेको खुलेको थियो । जनस्तरबाट तिव्र दबाब आएपछि महानगरले सटर भत्काएको हो ।