चीनले नेपालको राष्ट्रिय स्वतन्त्रता रक्षा गर्ने प्रयास गर्नेछ : राष्ट्रपति सी

maitrinews

बेइजिङ । राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच उच्चस्तरीय भेटवार्ता भएको छ । भेटमा सीले आफूले नेपालसँगको सम्बन्धलाई ठूलो महत्त्व दिएको बताउनुभयो । राष्ट्रपति भण्डारी दोस्रो अन्तर्राष्ट्रिय बीआरआई फोरममा सहभागी हुनका लागि चीन भ्रमणमा हुनुह्न्छ । शनिवार चीनको राजधानी बेइजिङमा सम्पन्न भएको बीआरआई फोरममा भण्डारीसँगै विश्वका कयैन देशका प्रतिनिधि सहभागी भएका थिए ।सम्मेलनपछि राष्ट्रपति भण्डारी ‘२०१९ बेइजिङ अन्तर्राष्ट्रिय बागबानी प्रर्दशनी’मा पनि सहभागी हुनुभयो ।यस क्रममा सोमबार दुई नेताबीच उच्चस्तरीय भेट भयो । भेटवार्ता अघि चीनले नेपालकी राष्ट्रपतिलाई उच्च सम्मान प्रदान गरेको थियो । राष्ट्रपति भणडरीसँगको भेटका क्रममा सीले ‘चीनले नेपालको राष्ट्रिय स्वतन्त्रता रक्षा गर्ने प्रयास, नेपालको सार्वभौमसत्ता र भौगोलिक अखण्डतालाई समर्थन गर्ने’ बताउनुभयो । त्यस्तै चिनियाँ सरकारी मिडिया सीजीटीएनमा प्रकाशित समाचार अनुसार सीले ‘आन्तरिक आवश्यकता अनुरुप सामाजिक प्रणाली तथा विकास मार्ग चयनको लागि नेपाल स्वतन्त्रत रहेको’ र चीनले नेपालको चयनको समर्थन गर्ने बताउनुभयो ।

 

सीजीटीएनका अनुसार चिनियाँ राष्ट्रपति सीले लामो कालदेखि चीनका प्रमुख चाख र चासोप्रति नेपालले गरेको समर्थनको लागि कृतज्ञता व्यक्त गर्नुभयो । उहाँले द्विपक्षीय सहकार्य थप उचाईमा पु¥याउनको लागि विधायीकी इकाई, राजनीतिक पार्टी, युवा, थिङ्क ट्याङ्क, मिडिया र स्थानीय स्तरका आदान प्रादन बढाइनुपर्ने आह्वान गर्नुभयो ।जवाफमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको परिर्वतन र विकासमा चीनको समर्थनको लागि धन्यवाद दिनुभयो । उहाँले नेपाल एक चीन नीतिप्रति अडिग रहेको र नेपाली भूमीमा कुनै पनि शक्तिलाई चीन विरोधी कार्य गर्न स्वीकृति नदिने प्रतिवद्धता व्यक्त गर्नुभयो।

बीआरआईलाई ऐतिहासिक योजनाको रुपमा प्रशंसा गर्दै भण्डारीले बीआरआईले द्विपक्षिय सहकार्यका लागि राम्रो अवसर प्रदान गरेको बताउनुभयो ।राष्ट्रपति भण्डारीले चीनको दीर्घकालिन विकास र स्थायीत्व नेपालको समृद्धिको लागि अवसर भएको कुरा पनि उल्लेख गर्नुभयो ।नेपाल र चीन लामो सिमाना जोडिएका देश हुन् । विकासोन्मुख देश नेपाल सिमाना जोडिएको दुई देशमध्य चीन एक हो । सम्बन्धको कुरा गर्दा हाल चीन नेपालमा सवैभन्दा धेरै लगानी गर्ने दाता राष्ट्र हो । त्यस्तै चीन नेपालको दोस्रो ठूलो व्यापारिक सहयात्री हो भने नेपालमा आउने पर्यटकको कुल संख्यामा चिनियाँ पर्यटक दोस्रो स्थानमा छन् ।भेटवार्ता पछि दुई नेताले द्वीपक्षिय सम्झौतामा हस्ताक्षर कार्यक्रमको सहभागी हुनुभयो

सात सम्झौतामा हस्ताक्षरराष्ट्रपति विद्यादेवी भण्डारीको भ्रमणका क्रममा नेपाल र चीनबीच विभिन्न सात सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ । यसमा सन् २०१६ मा भएको पारवहन तथा यातायात सम्झौताको प्रोटोकल समावेश छ । नेपाल र चीनका राष्ट्रपतिको उपस्थितिमा भएको हस्ताक्षर समारोहमा नेपालका तर्फबाट परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली र चीनका तर्फबाट यातायात मन्त्री ली सियाओ फङले हस्ताक्षर गर्नुभयो ।सम्झौता अनुसार नेपाललाई चीनका बन्दरगाह प्रयोग गरी तेस्रो मुलुकसँग व्यापार गर्ने बाटो खुलेको छ । सम्झौता हस्ताक्षरसँगै सम्झौता लागू भएको नेपाली अधिकारीले बताए ।

सम्झौता भएको मध्य एउटाले विगतमा चिनीयाँ सहायतामा बनेका परियोजनाको मर्मत तथा सम्भारका लागि अनुदान दिने भनेको छ ।

त्यसैगरी हस्ताक्षर भएका अन्य सम्झौतामा आर्थिक तथा प्राविधिक सहकार्य सम्झौता, नेपालको उत्तरी क्षेत्रमा बसोबास गरिरहेका जनताको जिविको पार्जन सघाउने सम्बन्धी सम्झौता छन् ।

चीन–नेपालबीच भन्सार सहकार्य तथा प्रशासनिक सहकार्य सम्बन्धी सम्झौता, नेपाली गुणस्तर तथा मापदण्ड विभाग र चीनको गुणस्तर प्रशासन सहकार्यसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

यस्तै, नेपालबाट चीनमा सांस्कृतिक सम्पदाको अवैध ओसारपसार एवम् चोरी निकासी रोक्ने सम्झौतामा पनि हस्ताक्षर भएको छ ।

सम्झौताको अतिरिक्त चीनले एक अर्ब चिनियाँ युयान सहयोगको घोषणा गर्यो । योमध्ये ८० करोड युयान प्रकोप व्यवस्थापनको तयारीका लागि र २० करोड रुपैयाँ माथि उल्लेखित हिमाली भेगका जनताको जीविको पार्जन सहज बनाउने सहायताका लागि खर्च गर्ने सहमति भएको छ ।

रात्री भोज र तिब्बत भ्रमण

द्विपक्षीय भेट सम्पन्न भएको साँझ चिनीयाँ कम्युनिष्ट पार्टीका सदस्य च्राओ लचीले राष्ट्रपति सीको तर्फबाट भण्डारीको सम्मानमा रात्रीभोजको आयोजना गरेका थिए ।

रात्रीभोजमा चीनका भ्रमणमा रहेका सबै नेपाली टोली सहभागी थिए । राष्ट्रपति भण्डारी मंगलवार बेइजिङबाट तिब्बतको ल्हासा जाँदैछिन् ।