जापानी सम्राट आकिहितोद्वारा गद्दीत्याग

maitrinews

 

टोकियो । जापानका सम्राट आकिहितोले मङ्गलवार गद्दीत्याग गर्नुभएको छ ।
८५ वर्षीय आकिहितोले स्वास्थ्य र उमेरका कारण राष्ट्रप्रमुखको भूमिका निर्वाह गर्न असमर्थ भएको जनाएपछि उहाँले गद्दी त्याग्ने वैधानिक अनुमति पाउनुभएको थियो।
उहाँले गद्दी त्यागेपछि युवराज नारुहितोले क्रिसन्थेमम गद्दी भनेर प्रख्यात जापानी राजसिंहासन सम्हाल्नुहुनेछ
जापानमा सम्राटसँग कुनै राजनीतिक अधिकार हुँदैन। तर उहाँ राष्ट्रिय प्रतीकका रूपमा चिनिनुहुन्छ ।