जीपी कोइराला फाउन्डेसनद्वारा शुभकामना कार्यक्रम

maitrinews

 

न्युयोर्क । जीपी कोइराला फाउन्डेसन अमेरिकाद्वारा न्युयोर्कमा नयाँ वर्ष २०७६ को उपलक्ष्यमा शुभकामना कार्यक्रम सम्पन्न गरेको छ ।
अमेरिकाको डेमोक्रेटिक पार्टीका नेताहरु , भूपू न्यायाधीशहरु, वकिलहरुको बाक्लो उपस्थिति रहेको सो कार्यक्रमको प्रमुख अतिथि क्वीन्स डिस्ट्रिक एटोर्नी मेलिन्दा क्याटज हुनुहुन्थ्यो ।


उहाँले विदेशी पाहुनाहरुका साथ नेपाली नयाँ वर्षमा शुभकामना दिन पाएकोमा निकै खुसी लागेको बताउनुभयो ।
कार्यक्रममा फाउन्डेसनका कोषाध्यक्ष विन्दा राईले विदेशी पाहुनाहरुलाई ढाका टोपी र खादा लगाइदिएर स्वागत गर्नुभएको थियो ।
कार्यक्रममा गोमा योन्जन गुरुङ, सुवास लामा, नर्मदा क्षेत्री, विमला गुरुङ , इन्द्र लामा, रोसन ढुंगानालगायतले शुभकामना दिनुभएको थियो ।


नेपाली र अमेरिकी राष्ट्रिय गीतबाट सुरु भएको कार्यक्रममा फाउन्डेसनका सभापति सोमनाथ घिमिरेले स्वागत भाषण गर्नुभएको थियो ।
कार्यक्रमको अन्त्यमा प्रमुख अतिथि एटोर्नी मेलिन्दाले यो कार्यक्रममा सहभागी हुन पाएकोमा खुसी व्यक्त गर्दै आफू नेपाल र नेपालीको सुख दुःखमा साथ रहने बताउनुभयो ।


कार्यक्रममा फाउन्डेसनका सचिव सुरेन सापकोटाले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।