बुद्ध वचन

१. कुनै जंगली जनावरसँग भन्दा एक कपटी र दुष्ट मित्रसग डराउनु पर्छ, किनभने जनावरले शरीरलाई मात्र हानी पुर्याउछ, तर एक खराब मित्रले तपाईंको मस्तिष्कलाई सम्म हानी पुर्याउछ ।
२. शान्ति आफैभित्र हुन्छ । बाहिर होइन ।
३. आफ्नै तर्क र विवेकले स्वीकार नगरेसम्म पढेको वा सुनेको कुरामा बिश्वास नगर ।
४. यदी आफैलाई सच्चा प्रेम गर्दछौ भने तिमिले अरुलाई पीडा दिन सक्दैन।
५. हामी जे सोच्छौ उहीँ बन्छौ ।
६. उद्यमीका लागी प्रत्येक दिन भोग्य हुन्छ ।
७. त्यहीँ ब्याक्ती धार्मिक हो जसले अर्काको निम्ति त्याग गर्न सक्छ ।
८. बितेको समय र आउने समयको चिन्ता नगर, बर्तमानमा नै मनलाई एकाग्र गर । वर्तमान सुध्रिय भविष्य यत्तिकै राम्रो हुन्छ ।
९. लगनबाट ज्ञान प्राप्त हुन्छ, लगनको अभावमा ज्ञान हराउँछ ।
१०. यदि विद्यार्थी तयार छ भने शिक्षक स्वयं उपस्थित हुन्छ ।
११. हामी आफ्नो रिसका लागी होइन, रिसद्वारा दण्डित हुन्छौं ।
१२. हजारौं युद्धहरु जित्नुभन्दा महत्त्वपूर्ण कुरा हो, आफैलाई जित्नु ।
१३. हाम्रो बाटो आकाशतर्फ होइन आफ्नै हृदयतर्फ हुनुपर्दछ ।
१४. म यो हेर्दिन कि के के गरिसके, म यो हेर्दछु कि के के गर्न बाकी छ ।
१५. हजारौं खोक्रो शब्दहरु भन्दा शान्ति दिने एक शब्द नै उत्तम हुन्छ ।
१६. जिब्रो एउटा त्यस्तो छुरा हो जसले रगत ननिकाली काटन सक्छ ।
१७. हजारौं मैनबत्ती एउटा मैनबत्तीको प्रकाश कम नगराइ जलाउन सकिन्छ । यसरी नै खुशी बाडदा बढने गर्छ ।
१८. आफ्नो उद्दारको लागी स्वयंमा निर्भर रहनुपर्छ, अन्यमा होइन ।
१९. घृणा घृणाद्वारा घटदैन बल्की यो प्रेमद्वारा घटछ, यो शास्वत नियम हो ।
२०. स्वास्थ्य सबैभन्दा महान उपहार हो, सन्तोष सबैभन्दा ठुलो धन र बिश्वासनियता सबैभन्दा उत्तम सम्बन्ध हो ।
२१. बिगतमा ध्यान नदेउ, भबिस्यको सपनाहरू नदेख, बर्तमानमा ध्यान लगाउ ।
२२. जो मानिस दोस्रोको इष्या गर्छ, उसको मनमा कहिले शान्ति मिल्दैन ।
२३. तीन चिज धेरै समयसम्म लुक्न सक्दैन, सुर्य, चन्द्रमा र सत्य ।
२४. जसरी मैनबत्ती बिना आगो बाल्न सकिदैन । मनुष्य पनि आध्यात्मिक जीवन बिना जिउँन सक्दैन ।
२५. तिम्रो साथमा जे छ त्यसलाई बढाइचढाइ नबताउ, न त अरुको इष्या नै गर ।
२६. जसले धेरैसँग प्रेम गर्छ उसको संकट पनि धेरै हुन्छ । जो कसैसँग प्रेम गर्दैन उसको एक पनि संकट हुँदैन ।
२७. क्रोधलाई पाली राख्नु भनेको तातो कोइलालाई कसैमाथि फ्याक्ने नियतले पक्रेर राख्नु समान हो, यसमा तिमी पनि जल्ने छौ ।
२८. शंकागर्ने जस्तो नराम्रो बानी अरु केही हुदैन । शंकाले मनुष्यलाई अलग गरिदिन्छ । यो यस्तो बिष हो जसले मित्रतालाई खत्तम गरिदिन्छ र राम्रो सम्बन्धलाई टुटाउछ । यो एउटा तिखो काँडा हो जसले घायल बनाउछ, यो एउटा तरबार हो जसले हत्या गर्छ ।
२९. सबैभन्दा अँध्यारो रात अज्ञानता हो ।