सगरमाथामा तीव्र हावाहुरी , २० वटा टेन्ट उडायो, हेलिकप्टर नउडाउन सूचना

maitrinews

 

काठमाडौँ । तीव्र गतिको हुरीबतासले सगरमाथा आरोहणकालागि ६२ सय मिटरको उचाइमा राखिएका कम्तीमा २० वटा टेन्ट उडाइदिएको छ ।
६२०० मिटरमा आरोहीकालागि दोस्रो क्याम्प रहन्छ। शुक्रबार तीब्रगतिमा चलेको हावाहुरीले दोस्रो क्याम्पमा राखिएका २० टेन्ट नष्ट गरीदिएको खबर प्राप्त भएको छ,ु एक्सपीडिसन एसोशिएसनका सचिव इश्वरी पौडेले भने, ७ हजार मिटरभन्दामाथि अत्याधिक कालो बादल छाएको छ। त्यहा हावाको ८० ,९० किलोमिटर प्रतिघन्टाको गतिमा चलेको छ।

सचिव पौडेलको कम्पनी हिमालयन गाइड्सले यसपटक सगरमाथा आरोहीकालागि दोस्रो क्याम्पदेखि चुचुरोसम्म डोरी टाँगेर रुट बनाइरहेको छ। उनकै कम्पनीका ८ जना गाइडहरुले बिहीबार मात्रै ८ हजार मिटर उचाईमा पर्ने साउथकोलसम्म डोरी टाँगेर बाटो बनाइसकेका छन्। ुमैले कर्मचारीहरुलाई माथि नजाउ खतरा छ भनेको छुु उनले भने, ुराम्रो सञ्चार सम्र्पक पनि हुन सकिरहेको छैन।ु मानवीय क्षति भने नभएको उनले बताए।

पौडेलले काठमाडौंबाट थप टेन्ट पठाउने तयारी गरीरहेको बताए। शुक्रबारदेखि शक्तिशाली चक्रवात ुफानीुको प्रभावका कारण पूर्वी नेपालमा हावाहुरी, मेघगर्जनको हुन सक्ने भन्दै जल तथा पूर्वानुमान माहाशाखाले पनि सचेत गराएको छ।