राष्ट्रपतिले मेरो सरकार भन्नु अन्तराष्ट्रिय अभ्यास : प्रधानमन्त्री ओली

maitrinews

 

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रमको समयमा राष्ट्रपति विद्यादेवी भण्डारीले ‘मेरो सरकार’ भनेर सम्बोधन गर्नु सामान्य भएको बताउनुभएको छ ।
सरकारी निवास बालुवाटारमा सम्पादकहरूसँग अन्तरक्रिया गदै प्रधानमन्त्री ओलीले भन्नुभयो,–‘राष्ट्रपतिले ‘मेरो सरकार’ भन्नु अन्तराष्ट्रिय प्रचलन अनुसार राष्ट्रप्रमुखको हैसियतले सरकार राष्ट्रपतिकै हो, त्यही कारणले मेरो सरकारको नीति तथा कार्यक्रम भन्नुभएको हो ।’ बौद्धिक वर्गलेसमेत राष्ट्रपतिको भनाइप्रति टिप्पणी गर्दा आफूलाई आश्चर्य लागेको उहाँको भनाइ थियो । प्रधानमन्त्री ओलीले विश्वको कुरा थाहा नपाएपनि ‘छिमेकी मुलुक भारतको कुरा बौद्धिक वर्गले थाहा नपाउनु दुःखद्’ भएको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो,–‘धेरै परको कुरा छाडौं । संसारभरीका कुरा पनि छाडौं । अन्य मुलुकका कुरा पनि छाडौं । छिमेकी मुलुक भारतमा चलेको प्रचलन पनि हामीले थाहा नपाउँदा अचम्म लागेको छ । भारतमा अर्को पार्टीको सरकार हुँदा पनि राष्ट्रपतिले ‘माइ गभर्मेन्ट’ भन्ने चलन छ । भारतका धेरै राष्ट्रपतिले धेरैपटक ‘माइगभर्मेन्ट’ भनेका छन् । त्यहाँको राष्ट्रपतिले के डेमोक्रेशी नबुझेर यस्तो भनेका हुन् रु अनि हाम्रो देशमा राष्ट्रपतिले ’मेरो सरकार’ भन्दा राजतन्त्रको झल्को आउने रु भारत पनि गणतन्त्रात्मक मुलुक हो । तर, हामी भर्खर राजतन्त्रात्मक शासन प्रणालीबाट गणतन्त्रात्मक शासन प्रणालीमा प्रवेश गरेकाले बौद्धिक जगतलाई राजतन्त्रको झल्को लागेको हो,’ प्रधानमन्त्रीले भन्नुभयो ।

सञ्चारकर्मीसँग नीति तथा कार्यक्रमका बारेमा उठेका जिज्ञासाका बारेमा बोल्दै प्रधानमन्त्रीले भन्नुभयो,–‘म मेरो देश भन्छु, ‘मैले मेरो देश भन्दा तपाईको होइन भनेको हो र रु मेरो राष्टिय गान, मेरो राष्ट्रिय गौरब भन्छु, मेरो संबिधान भन्छु, मैले बनाएको मेरो मात्र हो रु त्यसैले यसलाई बृहत र सामुहिक अर्थमा बुझने प्रयत्न गरौ ।’
राष्ट्रपति भण्डारीले ‘मेरो सरकार’ ले सम्बोधन गरी राजतन्त्रको झल्को दिएको भन्दै बिपक्षीलगायत सत्तारुढ दलभित्रकै नेता कार्यकर्ताले सामाजिक सञ्जालमा टिप्पणी गरिरहेको बेला प्रधानमन्त्री ओलीले स्थापित अभ्याशलाई समेत नबुझ्नु वा बुझेर पनि बुझ पचाउने काम गर्नु उचित नहुने प्रष्ट पार्नुभयो । प्रधानमन्त्री ओलीले संबिधानको संरक्षक र राष्ट्रप्रमुखको हैसियतमा रहनुभएकोले यो सरकार राष्ट्रपतिकै भएको पनि प्रष्ट पार्नुभयो ।

प्रधानमन्त्री ओलीले मुलुकको बौद्धिक जगतसमेत अन्तराष्ट्रिय रुपमा स्थापित भइसकेको अभ्याशबारे जानकार नहुनु वा जानकार भएर पनि बिरोधको नाममा बिरोध गरिहालौं भन्ने अवस्था देख्दा अचम्म लागेको बताउनुभयो । उहाँले भन्नुभयो,–‘ अचम्म लाग्छ मेरो सरकार भनेकोमा समेत आजको नेपालमा टिका टिप्पणी हुँदा के त्यसो भए राष्ट्रपतिले अर्केको सरकार भन्नुपर्ने रु राष्ट्रपतिले मेरो सरकार भन्ने हैसियत भएर नै संसदमा सम्बोधन गर्ने हो, यो दुनियामा स्थापित भइसकेको अभ्याश हो,’ प्रधानमन्त्री ओलीले भन्नुभयो ‘राष्ट्रपति देशको अभिभावक हो । राष्ट्रप्रमुख हो । सम्मानित संस्था हो । मैले व्यक्तिको कुरा गरिराखेको छैन । त्यसैले राष्ट्रपतिको हैसियतमा यो राष्ट्रपतिकै सरकार हो । र, उहाँले मेरो सरकारको नीति तथा कार्यक्रम भन्नु भएको हो ।’

प्रधानमन्त्री ओलीले बालुवाटारको सरकारी जग्गा ब्यक्तिको नाममा पुर्याउने सवैको फेहरिस्त सावजनिक गर्ने घोषणा पनि पत्रकारसामु गर्नुभयो । बालुवाटारदेखि देशभरका सार्वजनिक जग्गा हडप्नेबिरुद्ध सरकार कडा रुपमा प्रस्तुत भएको भन्दै कसैसँग कुनै संझौता नहुने उहाँको भनाई थियो ।

उहाँले कहिले कुन सरकारको पालामा सरकारी जग्गा ब्यक्तिको नाममा गरियो भन्ने फेहरिस्त नै सार्वजनिक गर्ने जानकारी दिनुभयो । ‘सवै कुरा अहिले नै नभनौं, म यति मात्रै भन्छु, कुन सरकारको पालामा कस्ले कसरी सार्वजनिक सम्पत्ति ब्यक्तिको नाममा ल्याउने काम गर्यो रु त्यस्को फेहरिस्त नै सार्वजनिक हुन्छ, राष्ट्रको सम्पत्ति फिर्ता ल्याइन्छ, यस्मा म कुनै संझौता गर्दिन, कसलाई नाफा हुन्छ रु कसलाई घाटा हुन्छ केही हेर्दिन,’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।

उहाँले बिगतका सरकारले निर्णय गरेको भएपनि अहिले सच्याउने काम गरी सरकारी सम्पत्तिको संरक्षण गर्ने प्रष्ट पार्नुभयो । ‘हडपेको अहिले हो र रु अहिले त खोजी भएको हो, छानविन भएको हो,’ प्रधानमन्त्री ओलीले भन्नुभयो । उहाँले हडपेको सम्पति वर्तमान सरकारले निकाल्ने प्रयास गरेपछि कहिल्यै ननिस्केकाले थाहा थिएन अहिले त्यो देखियो अनि अनियमितताको कुरा उठन थालेको छ । कसरी कहाँ कहाँका जमिनहरु निजी बनाएको छ त्यो हामी बिस्तारै बाहिर ल्याउछौ तर राष्ट्रको सम्पति हिनामिना भएको हेरेर बस्न म सक्दिन त्यो फिर्ता गरेरै छाडछु ।