वाई वाई ग्लोकल टिन हिरोको पाँचौ संस्करणका लागि आवेदनको आह्वान

maitrinews

 

काठमाडौँ । किशोरकिशोरीहरुमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरु माझ चिनाउने कार्यक्रम ‘वाई वाई ग्लोकल टिन हिरो’, ग्लोकल प्रा.ली. को एक कार्यक्रम हो । यस मन्च मार्फत किशोर किशोरीहरुमा भएको उत्साह, रचनात्मक र सुरुवातको चाहनाको पहिचान गरी राष्ट्रको अन्य किशोर किशोरीहरुलाई उद्यमी सोचाइको विकास गर्न उत्प्रेरित गर्ने छ ।

समर्पित र रचनात्मक किशोर किशोरीहरुको पहिचान गरी सुरुवातको लागि हौसला प्रदान गर्ने देशको पहिलो कार्यक्रमको यो पाँचौ वर्ष हो । नवलपरासीकी १७ बर्षिया बाल अधिकार अभियन्ता विपना शर्मा र युवा वैज्ञानिक, सन्तोष लामिछाने र दाङका १८ वर्षीया सामाजिक कार्यकर्ता सचिन डाँगी सोही कार्यक्रममा प्रथम भई २०१५, २०१६ र २०१८मा पुरस्कृत भएका थिए । त्यसै गरी रूकुमकी १७ बर्षीय सामाजिक कार्यकर्ता प्रशंशा के सी २०१८ को वाई वाई ग्लोकल टीन हीरो बिजेता हुन् ।

यस वर्ष देशको विभिन्न ठाउँबाट किशोर किशोरीहरुलाई यस कार्यक्रममा सहभागी गराउने उद्येश्यले काठमाडौँ उपत्यका लगायत भद्रपुर, काकरभिट्टा, दमक, सुरुंगा, बिर्तामोड, फिक्कल, इलाम, धनकुटा, धरान, इटहरी, बिराटनगर, जनकपुर, लाहान, मिर्चैया, गाईघाट, चितवन, हेटौडा, बिरगन्ज, भैरहवा, बुटवल, परासी, सुनवल, तानसेन, तौलिहवा, धनगडी, महेन्द्रनगर, बिरेन्द्रनगर, तुलसीपुर, घोराही, नेपालगञ्ज, गोर्खा, दमौली, कुस्मा, बाग्लुंग, स्यांजा, पोखरा, धुलिखेल, सिन्धुपाल्चोक, धादिंग गरी विभिन्न ३८ सहरहरुमा ग्लोकल समूह लगाएत ग्लोकल टिन हिरोका सदस्यहरुजाने भएको छ । हामी नेपालको टण्ण् स्कूलहरुमा पुग्नेछौ र ८ देखि १२ कक्षाका ८०००० विद्यार्थीहरुसंग कार्यक्रमको छलफल गर्ने निर्णय गरेका छौ ।