प्रधानमन्त्रीले आज नीति तथा कार्यक्रमबारे उठेका प्रश्नको जवाफ दिनुहुने, नीति र कार्यक्रम आजै पारित हुने Live

maitrinews

 

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा उठेका प्रश्नको जवाफ दिनुहुने कार्यक्रम छ ।
आर्थिक वर्ष ०७६र७७ का लागि सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरुको जवाफ दिनुहुने भएको हो ।
नीति तथा कार्यक्रममाथि संसद्मामा भएको छलफलका क्रममा उब्जिएका प्रश्नहरुको प्रधानमन्त्रीले जवाफ दिने प्रचलनअनुसार प्रधानमन्त्रीले संसद्मा उपस्थित भएर त्यसबारे प्रष्ट पार्न लाग्नुभएको हो ।

शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममाथिको छलफल आज सकिँदै छ । लगत्तै प्रधानमन्त्रीले त्यसबारे जवाफ दिने कार्यसूची तय भएको संसद् सचिवालयले जानकारी दिएको छ ।

विपक्षीले नीति तथा कार्यक्रमको आलोचना गरेका छन् भने सत्तापक्षले बचाउ गरेका छन् । नीति तथा कार्यक्रममा नयाँपन आउनु पर्ने भए पनि त्यसो नभएको तर्क गर्दै कांग्रेसलगायतका दलले ६ वटा संशोधन दर्ता गराएका छन् ।

प्रधानमन्त्रीले आज विपक्षीले उठाएका यिनै प्रश्नहरुको सेरोफोरोमा रहेर जवाफ दिनुहुने छ । प्रधानमन्त्रीले जवाफ दिएपछि आवश्यक संशोधनसहित नीति तथा कार्यक्रम पारित गर्ने संसद्को कार्यसूची छ ।