अमेरिकाद्वारा इरानलाई लक्ष्यित गरी युद्धपोत परिचालन

maitrinews

 

अमेरिका । अमेरिकाले इरानलाई स्पष्ट र सोझो सन्देश दिनका लागि मध्यपूर्वमा युद्धपोतसहितका लडाकू पानीजहाज परिचालन गरेको छ।
राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले सो परिचालन ुसमस्या हुन सक्ने सम्भावना र तनाव वृद्धिका केही सङ्केत र चेतावनीहरूुका कारण भएको बताएका छन्।
बोल्टनले अमेरिकाले कुनै पनि प्रकारको आक्रमणको प्रतिकार गर्ने बताए।
एक विज्ञप्तिमा बोल्टनले भने, अमेरिकाले युएसएस अब्राहम लिङ्कन क्यारियर स्ट्राइक ग्रुप र त्यसको सहयोगी युद्ध समूहलाई युएस सेन्ट्रल कमाण्ड क्षेत्रमा इरानलाई आफू वा आफ्नो समर्थक राष्ट्रहरूमाथिको कुनै पनि आक्रमणको अवस्थामा दरिलो प्रतिक्रमण गरिने स्पष्ट र सोझो सन्देश दिन परिचालन गरिएको छ।ू
जोन बोल्टनले अमेरिकाले इरानसँग युद्ध नखोजेको बताएका छन्

उनले थपे, अमेरिकाले इरानसँग युद्ध चाहेको होइन। तर हामी कुनै पनि आक्रमणको अवस्थामा पूर्ण तयार छौँ।

अमेरिकाले परिचालन गर्ने निर्णय गरेको लडाकू पानीजहाज युरोपमा अप्रिलको अन्त्यदेखि युद्ध अभ्यास गरिरहेको छ।

अमेरिका र इरानको सम्बन्ध तनावग्रस्त भइरहेको अवस्थामा यो निर्णय आएको छ।

फिनल्याण्डमा रहेका विदेशमन्त्री माइक पोम्पेओले चाहिँ अमेरिकाले इरानमा केही गतिविधि देखेको र त्यसले सम्भावित तनाव वृद्धिको सङ्केत गरेको बताए।