प्रेम विवाह गरेका छोरीज्वाइँलाई बाबुले जिउँदै जलाए

maitrinews

 

भारत । रुक्मिणी रणसिङ्‍घे १९ वर्षकी मात्र थिइन्। ६ महिनाअघि उनले आफूले प्रेम गरेको केटासँग विवाह गरिन्।
तर रुक्मिणी र उनका पतिको जात नमिल्ने भएकाले उनीहरूको विवाहको निर्णयमा परिवारको सहमति थिएन।

जात नमिल्ने केटासँग रुक्मिणीले गरेको विवाहलाई लिएर उनको माइती पक्षमा असमझदारी यति धेरै बढ्यो कि एक दिन रुक्मिणीका पिता, काका र मामा मिलेर उनी र उनका पतिलाई जिउँदै जलाइ दिए।

आफ्नो परिवारप्रतिको आक्रोशको मूल्य रुक्मिणीले आफ्नो ज्यान दिएर चुक्ता गर्नुपर्‍यो।

महाराष्ट्रको अहमदनगरको यो घटनाले ुअनर किलिङुको मामिलालाई फेरि एकपटक सबैका सामू ल्याइदिएको छ।

रुक्मिणी अनुसूचित जाती ९एससी०मा पर्ने पासी जातिकी थिइन् भने उनका पति मंगेश अन्य पिछडा वर्ग ९ओबीसी०मा पर्ने लौहार जातिका थिए।

दुवै जनाले ६ महिना पहिले प्रेम विवाह गरेका थिए।

रुक्मिणीका पिता र परिवारका अन्य सदस्यहरू यो विवाहको विरूद्ध थिए।

तर मंगेशका परिवारका सदस्यहरूले भने यो विवाहलाई स्वीकार गरेका थिए।

रुक्मिणीका देवर महेश रणसिङ्‍धेले बताए अनुसार उनीहरूको विवाहमा रुक्मिणीको माइती पक्षबाट उनकी आमा मात्र आएकी थिइन्।