नेपालमा ओयोले विस्तार गर्यो ३ देखि १० सहरमा बढ्यो

maitrinews

 

काठमाडौँ । दक्षिण असियाको सबै भन्दा ठूलो, चिनको दोश्रो सबै भन्दा ठूलो र संसारको सबै भन्दा चिटो बढ्ने, फ्रान्चाइज होटल, घर र वास स्थलहरुको सञ्जाल ओयो होटलस् र होमस्ले एउटा महत्वपूर्ण पधाव पार गरेको छ र आफ्नो सञ्जाललाई ३ देखि १० शहर सम्म विस्तार गरेको छ । कम्पनीले मे २०१७ मा काठमाँडौं बाट सञ्चालनको सुरुवाट गरेको थियो र अब हाल पोखरा, धुलिखेल, भक्तपुर,नगरकोट, चितवन, बिराटनगर, हेटौंडा, नेपालगञ्ज र धनगडीमा अवस्थित छ । ओयोको सञ्जालमा २०० भन्दा बढी होटलहरु ३४०० भन्दा बढी अननय कोठाहरु रहेका छन् । प्रबल स्थानिय प्रतिभा र निष्पादन द्वारा समर्थित कम्पनीले लगातार नेपालमा आफ्नो सञ्जाल बढाउँदै छ र नेपालको आथित्य उद्योगमा टेवा पु¥याउने प्रतिवद्धता गर्दैछ ।

यसमा टिप्पणी गर्दै, आदित्य घोष, इन्डिया र दक्षिण असिया, ओयो होटलस् र होमस्को प्रमुख कर्यकारि अधिकृतले भन्नुभयो, “हामीले नेपालमा सञ्चालन सुरु गरे पछि हामीले नेपालको अतिथ्य उद्योगबाट र त्यसका अवसरहरु बाट धेरै सिकेकाछौं । हामी हाम्रा ग्राहकहरु र होटल मालिकहरुको प्रतिक्रियाबाट प्रभावित छौं र त्यसले हाम्रो ३ वटा बाट १० वोटा शहरमा छिटो विस्तार गर्न मुख्य भुमिका खेलेको छ । हाम्रो प्रबल निष्पादन ९० भन्दा बढी प्रतिभाशाली स्थानिय नेपाली महिला र पुरुषहरुको टोली द्वारा समर्थित छ । हामीले हालै भारत र दक्षिण असियाको लागि भा रु १४०० करोडको लगानी गरेका छौं र नेपाल रणनीतिक बजार भएको हुनाले हामी हरेक प्रकारको अचल सम्पत्तिहरुमा महत्व थपेर नेपालको अतिथ्य उद्योगलाई परिवर्तन गर्न धेरै मेहेनत गरेर काम गरिरहेका छौं ।

भारत र चिनमा राम्रो बजार विस्थापन गरिसके पछि नेपाल ओयो होटलस् र होमस्का लागि अर्को अवसर बनेर निस्केको छ । गुणस्तरिय वासस्थानहरुको माग र आपुर्तिमा ठूलो विच्छेद भएको हुनाले यात्रीहरु र नेपालीहरुले स्थान, गुणस्तर र मुल्यमा समझौता गर्नु परेका छन् । ओयोले प्रविधि र प्रतिभाको प्रयोगले यस समस्यालाई समाधान गर्दछ । औसतमा ओयोको सञ्जाल सँग आवद्ध हुने प्रोर्पटीहरुले ६५ % अक्युपेन्सी पाइ रहेका छन् । नेपालमा सञ्चालन सुरुवात गरे देखि ओयोले अतिथि अनुभवमा मानकीकरण र स्थिरता निक्ष्चित गर्न २०० भन्दा बढी होटलहरुलाई रुपानतरण गरेको छ । कम्पनीको वासस्थलहरुको रुपानतरण र नवीनकरण गर्ने द्रिष्टिकोण प्रविधि द्वारा संचालित छ ।

आदित्यले थप्नुभयो, “हामी संसार भरको यात्रीहरुको लागि सबै भन्दा राम्रो ओयो अनुभवलाई नेपालमा ल्याउनमा र नेपालको भिजन २०२० प्रति प्रतिबद्ध छौं । हाम्रो २०० भन्दा बढी होटल मालिकहरुको समुदाय हाम्रा प्रेरणाको श्रोत हुन् र हामी यस संलगन्तालाई गहिरो बनाउनमा र उनीहरुलाई हरेक कदममा प्रविधि र प्रतिभा द्वारा साथ दिनमा केन्द्रित छौं । हाम्रो १० वटा शहरहरुमा भएको विस्तार हाम्रा होटल मालिकहरु र अतिथिहरुले हामीलाई देखाएको विस्वासको प्रमाण हो । आगामी महिनाहरुमा हामी नेपालमा हाम्रो उपस्थितिलाई अझै गहिरो र फराकिलो बनाउन जारी रहनेछौं ।

ओयो होटलस्ले विभिन्न ढाँचाहरुको अचल सम्पत्तिहरु सँग समझदारी गर्ने र छिटै रुपान्तरण गर्ने क्षमता बनाएको र प्रदर्शन गरेको छ । नेपालमा सञ्चालन सुरुवात गरे देखि कमपनीले बजार विस्थापन गरेर २०० वोटा फ्रान्चाइजड र ओयो ब्रान्डेड होटलहरु थपेका छन् जसमा टि.वी., सफा तन्ना, निःशुल्क ब्रेकफास्ट, निःशुल्क वाई(फाई, सफा ट्वाइलेट, प्रत्येक रूममा टोईलेट्रीज किट, पहेंलो लाईटिङ्ग, गुणस्तरीय डसना, ताजा सुगन्ध आदि जस्ता आधुनिक सुविधाहरु भएको आरामदायी सुसज्जित कोठाहरु छन् । ३४०० भन्दा बढि अनन्य कोठाहरु यस देशको सञ्जालका सदस्य हुन् ।