सञ्चालक शिक्षा कार्यक्रम सम्पन्न

maitrinews

काठमाडौँ । फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लि.ले २१ बैशाख, २०७६ मा काठमाण्डौमा १ दिवसीय सञ्चालकशिक्षाकार्यक्रमसम्पन्न गरेको छ । बैक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ एवं नेपाल राष्ट्र बैंक द्धारा “घ”वर्गका लघु वित्त वित्तीय संस्थाहरुका लागि जारी गरिएको निर्देशनमा व्यवस्था गरिए बमोजिम लघुवित्त वित्तीय संस्थाका सञ्चालकहरुको काम, कर्तव्य, अधिकार र जिम्मेवारीका बारेमा अभिमुखिकरण तथा पुनर्ताजगीकरण गराउने उद्देश्यका साथ आयोजना गरिएको उक्त कार्यक्रममा फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाका अध्यक्षश्री सुरेन्द्रराज रेग्मी लगायत ६ जना सञ्चालकहरु तथा व्यवस्थापन समूहका ५ जना सहित कुल ११ जनाको सहभागिता रहेको थियो ।

उक्त कार्यक्रममा नेपाल राष्ट्र« बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक श्री नारायण प्रसाद पौडेलले बैक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ र नेपाल राष्ट्र बैंक द्धारा “घ”वर्गकाइजाजतपत्रप्राप्त लघु वित्तवित्तीय संस्थाहरुका लागि जारी गरिएको निर्देशनमा व्यवस्था गरिए बमोजिम संस्थागत सुशासन, सञ्चालकहरुको आचारण तथा सञ्चालकहरुले पालना गर्नुपर्ने विषयमा प्रशिक्षण दिनु भएको थियो । सोही अवसरमा फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लि. का प्रमुख कार्यकारी अधिकृत श्री भेषराज पन्थीले केही प्रमुख वित्तीय सूचकका आधारमा नेपालको बैकिंग क्षेत्र,लघुवित्त वित्तीय संस्थाहरु एवं फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको तुलनात्मक अवस्थाको प्रस्तुती गर्नु भएको थियो ।