नेपाल चिनाउन लुम्विनी भ्रमण वर्ष २०७६ को आयोजना, राष्ट्रपतिबाट उद्घाटन

Mohan Bastola

 

 काठमाडौँ बुद्ध जन्मस्थल लुम्बिनी जाउँ शान्तिको सन्देश फैलाउँ भन्ने मुल नारा सहित प्रदेश नम्वर ले लुम्विनी भ्रमण वर्ष २०७६ को आयोजना गरेको आगामी जेठ गते राष्ट्रपति विद्यादेवी भण्डारीले शुभारम्भ गर्नुहुने लुम्विनी भ्रमणवर्ष २०७६ वर्षभरी नै मनाउने प्रदेश नम्वर ले तयारी थालेको संघीय राजधानी काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रदेश नम्वर का मुख्यमन्त्री समेत रहनु भएका लुम्विनी भ्रमणवर्ष मुल समारोह समितिका संयोजक समेत रहनु भएका शंकर पोखरेलले सम्पदाको संरक्षण गर्दै सम्पदालाई पर्यटनसँग जोड्दै आन्तरिक पर्यटनको विकास गर्ने उद्धेश्यले लुम्विनी भ्रमण वर्षको आयोजना गरेको जानकारी दिनुभयो उहाँले भ्रमण वर्षसँगै पर्यटन संस्कृतिको विकास हुनेमा आफू आसावादी रहेको बताउनुभयो

पत्रकार सम्मेलनमा बोल्दै मुख्यमन्त्री पोखरेलले विश्वका हरेक बुद्धिष्टहरुलाई पहिला लुम्विनीको यात्रा गरेर मात्रै अन्य स्थानको भ्रमण गर्ने वातावरण बनाउने गरी योजना अघि बढाउनु पर्नेमा पनि जोड दिनुभयो उहाँले प्रदेश नम्वर ले लुम्विनीको पहिचान विश्वसामू फैलाउने उद्धेश्यले पूर्वाधार विकास लगायतका कुरामा प्रदेश नम्वर ले विशेष ध्यान दिएको पनि बताउनुभयो

 

पत्रकार सम्मेलनमा बोल्दै प्रदेश नम्वर का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा विकास गरेर लुम्विनी नेपालमा पर्दछ भन्ने सन्देश दिनका लागि पनि यो कार्यक्रमको आयोजना गरिएको बताउनुभयो कृषिमा आधारित मुलुकलाई पर्यटनमा आधारित मुलुकको रुपमा विकास गर्न पनि लुम्विनी भ्रमण वर्ष सहयोगी बन्नेमा आफू आसावादी रहेको बताउनुभयो

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव धनन्जय पौडेलले समृद्ध प्रदेशखुसी जनताको नारालाई सार्थकता तुल्याउँदै समग्र प्रदेश को  विकास गर्ने उद्धेश्यले भ्रमण वर्षको आयोजना गरेको जानकारी दिनुभयो

लुम्विनी भ्रमण वर्ष २०७६ को प्रचारप्रसार संयोजक भरत केसीले प्रचार प्रसारका कामलाई तिव्र गतिमा अघि बढाएको जानकारी दिनुभयो

लुम्विनी भ्रमण वर्षका क्रममा मायाँदेवी प्रसुती उत्सव, लुम्विनी फुड फेस्टिबल, सडक प्रदर्शनी, धार्मिक यात्रा, त्रिपिटक वाचन, मायाँदेवी मन्दिर परिसरमा दैनिक दीपप्रज्वलन लगायतका कार्यक्रम राखिएको आयोजकले जानकारी दिएका छन्