आजदेखि संसद्मा पूर्वबजेटमा छलफल

maitrinews

 

काठमाडौ । संसद्मा आजदेखि पूर्वबजेटमाथि छलफल सुरु भएको छ । प्रतिनिधिसभाको बिहान ११ र राष्टियसभाको दिउँसो १ बजे बस्ने बैठकमा अर्थमन्त्री युवराज खतिवडाले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यक्रम छ ।
नीति तथा कार्यक्रमभन्दा पहिला प्रिबजेटबारे छलफल गर्ने संसदीय परम्परा भए पनि सरकारले यस वर्ष नीति कार्यक्रम पारित भएपछि प्रिबजेटमाथि छलफल गराउन लागेको हो । प्रिबजेटमाथिको छलफल आउँदो मंगलबारसम्म सक्ने तयारी संसद सचिवालयले गरेको छ ।