दक्षिण एसियाली खेलकुदको लोगो र मस्कट सार्वजनिक

maitrinews

 

काठमाडौँ । निर्धारित समय भन्दा डेढ वर्ष ढिला भइसकेको र थप ढिलो हुन सक्ने आशङ्का माझ सरकारले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता साग गेम्सको प्रतिक चिन्ह लोगो र मस्कट सार्वजनिक भएको छ।
६ महिनापछि काठमाडौँ र पोखरामा आयोजना हुने तय भएको दक्षिण एसियाको सबैभन्दा ठूलो खेल महोत्सबको तयारी शुरु नभएको भन्दै आलोचना हुन थालेको बेला युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले एक समारोहबीच लोगो र मस्कट सार्वजनिक गर्नुभएको हो।

उक्त लोगो र मस्कट विराटनगरका भोलानाथ पौड्यालले तयार पार्नुभएको हो।

जसबापत उहाँले एक लाख रुपैयाँ पुरस्कार जित्नुभएको छ।