शताब्दी पुरुष जोशीको रथयात्रा

maitrinews

 

ललितपुर । शताब्दी पुरुष सत्यमोहन जोशीलाई बग्गीमा राखेर ललितपुर नगरका बिभिन्न स्थान परिक्रमा गराइएको छ ।
दौरा सुरुवाल, टोपी र दूबोको मालामा सजिएका जोशीसँगै बग्गीमा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु पनि बस्नुभएको थियो ।
नगरपरिक्रमा कार्यक्रममा स्थानीयबासीका साथै नेपाली सेनाको ब्यान्ड टोली, विद्यार्थी, स्काउट, कर्मचारी, राजनीतिक दलका नेताहरुको उपस्थिति थियो ।

बग्गीको सवारीअघि उनको घरमा आयोजना गरिएको कार्यक्रममा परिवारका सदस्य, आफन्त र सर्वसाधारणले फूलमाला, खादा र टीका लगाइदिएर आशिर्वाद दिएका थिए ।

इतिहासविद सत्यमोहन जोशी एक सय वर्ष पुगेको खुसियालीमा ललितपुरमा सोमबार एक दिन सार्वजनिक विदासमेत दिएको थियो ।