प्रदेश र राजधानी टुङ्ग्याउँदै प्रदेश नम्बर तीन

Mohan Bastola

काठमाडौँ । सात ओटा प्रदेश मध्ये अहिलेसम्म तीन ओटा प्रदेशले नाम र राजधानीको टुंगो लगाएका छन् । प्रदेश नम्बर एकले पनि विराटनगरलाई नै प्रदेश राजधानी बनाउने टुंगो लगाएको छ । प्रदेश नम्बर दुई, तीन र पाँचले भने अहिलेसम्म नाम र राजधानी तोक्न सकेका छैनन् । प्रदेश नम्बर तीनको वर्षे अधिवेशन सुरु भएको छ । यहि अधिवेशनबाट प्रदेश र राजधानीको नाम र स्थान टुंगो लगाउने सांसद्हरुले जानकारी दिएका छन् ।

प्रदेश नम्बर तीनको प्रदेशसभा बैठक हामीले समाचार तयार पार्दासम्म पनि जारी नै रहेको छ । आज मात्रै कार्यव्यवस्था परामर्श समितिको बैठक सम्पन्न भएको छ । बैठकले प्रदेश र राजधानीका विषयमा कार्यविधि बनाएको जानकारी दिदैँ प्रदेश सांसद रामेश्वर फुँयालले अब छिट्टै प्रदेश र राजधानीको नाम र स्थानका बारेमा टुंगोमा पुग्ने जानकारी दिनुभयो । त्यसैगरी फुँयालले राष्ट्रिय आवश्यकता, प्रदेशको आवश्यकता र जनताको आवश्यकतालाई हेरेर नै टुंगोमा पुग्ने जानकारी पनि दिनुभयो ।

उहाँले प्रदेश नम्बर तीनको सबै भन्दा ठूलो दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको संसदीय दलको बैठकले समेत प्रदेशको नामका बारेमा छलफल अघि बढाएको भन्दै सहमतिमै टुंगोमा पुग्ने जानकारी दिनुभयो । त्यसैगरी प्रदेश सांसद दिपक निरौलाले पनि वर्षे अधिवेशन सुरु भएको भन्दै अब छिट्टै प्रदेशको नाम र राजधानीको विषयमा टुंगोमा पुग्ने जानकारी दिनुभयो । उहाँले तिथि नै तोकेर भन्न नसकिने भन्दै यो अधिवेशनले नाम राजधानीको विषयमा टुंगो लगाउने दाबी गर्नुभयो ।

प्रदेश नम्बर तीन अन्य ६ ओटा प्रदेश भन्दा निकै शक्तिशाली प्रदेश मानिन्छ । केन्द्र राजधानी पनि यहि प्रदेशमा रहेका कारण पनि यो प्रदेश अन्य प्रदेशको तुलनामा चर्चामा छ । अहिलेसम्म यो प्रदेशलो नाम र राजधानीका बारेमा टुंगो लगाउन नसक्दा केही समस्या देखिएको छ । आशा गरौँ अब यो प्रदेशले छिट्टै नाम र राजधानीको टुंगो लगाउने छ । प्रदेश नम्बर पाँचका मुख्य मन्त्री शंकर पोख्र्रेल प्रदेश नम्बर पाँचलाई मिनि नेपालका रुपमा व्याख्या गर्नुहुन्छ । प्रदेश नम्बर पाँच बन्नु भनेको नेपाल बन्नु हो भन्ने उहाँको धारणा छ । प्रदेश नम्बर पाँचले अहिले कृषिको आधुनिकीकरण बजारीकरणमा बढी ध्यान दिएको उहाँको भनाई छ । प्रदेश नम्बर पाँचलाई साँस्कृति पर्यटनका रुपमा अघि बढाउने योजना पनि प्रदेश नम्बर पाँचले अघि बढाएको छ । मुख्यमन्त्री पोख्रेल अहिले प्रदेश नम्बर पाँच प्रदेश खोज्दा भेटिने अवस्थामा रहेको पनि दाबी गर्नुहुन्छ । मुख्यमन्त्री पोख्रेललाई तपाईँले प्रदेश नम्बर पाँचको समग्र विकासका लागि के–के योजना अघि बढाउनु भएको छ भनी प्रश्न गरेका थियौँ ।