सगरमाथा आरोहणमा कामिरिता २३औं पटक शिखरमा पुगेर नयाँ कीर्तिमान

maitrinews

 

सगरमाथा । कामिरिता शेर्पाले २३औं पटक सगरमाथा आरोहण गरेर नयाँ विश्व कीर्तिमान राखेका छन्।
सोलुखुम्बुको थामे गाउँका ४९ वर्षिय कामिरिताले आफ्नै नाममा रहेको सर्वाधिक पटक विश्वको सर्वोच्च शिखर आरोहण गर्ने कीर्तिमान सुधार गरेका हुन्।

कामिरिता शेर्पा र निमा ओङ्दी शेर्पा बिहान ७ बजेर५० मिनेटमा सगरमाथाको शिखरमा पुगेका छन् आधार शिविरबाट पर्यटन विभागका निर्देशक मीरा आचार्यले बताइन्।

उनको आरोहण कम्पनी सेभेन समिट्स ट्रेक्सका टासी लाक्पा शेर्पाले आरोहणको पुष्टि गर्दै ुयो राष्ट्रकै गौरवको कुराु भएको बताएका छन्।