प्रधानमन्त्री ओली आज स्वदेश फर्कनुहुँदै

maitrinews

 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भियतनाम र कम्बोडियाको एकसाता लामो औपचारिक भ्रमण सम्पन्न गरी आज स्वदेश फर्कंदै हुनुहुन्छ ।

प्रधानमन्त्री ओली बेलुकी ७ बजे कम्बोडियाबाट बैंकक हुँदै स्वदेश फिर्ता हुने कार्यक्रम रहेको उहाँका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो ।

समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री गुएन सुआन फुक र कम्बोडियाका प्रधानमन्त्री सम्देह अक्का मोह सेना पडेइ टेको हुन सेनको मैत्रीपूर्ण निमन्त्रणामा गत वैशाख २६ गते त्यसतर्फ प्रस्थान गर्नुभएको थियो । प्रधानमन्त्री ओलीले यही वैशाख २६ देखी ३० सम्म भियतनाम र वैशाख ३० देखी जेठ १ गतेसम्म कम्बोडियाको औपचारिक भ्रमण गर्नुभएको थियो ।