काँग्रेस संसदीय दलको बैठक : मिडिया काउन्सिल र मानव अधिकार सम्बन्धि विधेयक फिर्ता गर्न माग

maitrinews

 

काठमाडौं । नेपाली काँग्रेसको संसदीय दलको बैठक सम्पन्न भएको छ । बुधबार सिंहदरबारमा बसेको बैठकले मिडिया काउन्सिल र राष्ट्रिय मानव अधिकार आयोग सम्बन्धी ऐनहरु फिर्ता लिन मा गरेको छ । सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको अध्यक्षतामा बसेको संसदीय दलको बैठकले सबै प्रकारका निरुङ्कुशताको विरुद्ध सङ्घर्ष गरी रहने निर्याय पनि गरेको छ ।

उपरोक्त विधेयकहरु प्रस्तुत गर्ने क्रममा सरकारले देखाएको धारणाले वर्तमान सरकार निरङ्कुशताको यात्रामा अघि बढी रहेको देखिने दाबी पनि काँग्रेसको छ । नेपाली कांग्रेस संसदीय दल सदैव राष्ट्रिय सुरक्षा, मानव अधिकार, विचार र अभिव्यक्तिको स्वतन्त्रता एवं पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा दृढतापूर्वक उभिने समेत बैठकपछि पार्टीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।