२६औँ मदन–आश्रित स्मृति दिवसमा विविध कार्यक्रम

maitrinews

 

काठमाडौँ । तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको निधन भएको २६ वर्ष पूरा भएको छ । दुई नेताको २०५० साल जेठ ३ गते चितवनको दासढुंगामा जिप दुर्घटनामा निधन भएको थियो ।

तत्कालीन माओवादी र एमालेबिच एकता भएर बनेको नेपाल कम्युनिष्ट पार्टी नेकपाले आज विविध कार्यक्रम गरि मदन–आश्रित स्मृति दिवस मनाउँदै छ ।

गत वर्ष मदन–आश्रित स्मृति दिवसकै दिन पारेर एमाले र माओवादीले एकताको घोषणा गरि नेपाल कम्युनिष्ट पार्टी बनेको थियो । एकीकृत पार्टी बनेको एक वर्ष पूरा भएको छ ।