मदन भण्डारीका विचार सान्दर्भिक : ओली

maitrinews

 

काठमाडौं । प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओलीले एकीकृत पार्टीले जननेता मदन भण्डारीले अगाडि सारेको विचारधारालाई छाड्न नमिल्ने बताउनु भएको छ ।

मदन–आश्रित स्मृति दिवसको अवसरमा बल्खुमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीलेु भन्नुभयोु ुुहामी उहाँको बिचारलाई मागर्दर्शक सिद्धान्तका रुपमा समायानुकुल ढंगले सिर्जनात्मक प्रयोग गर्छौं ।ुु

प्रधानमन्त्री केपी शर्मा ओलीले देश बनाउने अभियानमा अवरोध गर्न केही प्रतिक्रियावादी शक्ति लागि परेको बताउनु भएको छ । उहाले समृद्ध नेपाल बनाउने अभियानमा केही गणतन्त्र विरोधी शक्ति लागेको भन्दै तिनीहरुलाई काम गरेरै देखाउने स्पष्ट पार्नुभएको छ ।

उहाँले देशको हित, राष्ट्रियता र लोकतन्त्रको सुदृढ विकासका लागि नेकपा र सरकार लागि परेको बताउनुभयो । उहाले ुभन्नुभयोु, ुुहामी एउटा महान आन्दोलनमा छौं । केहि शक्तिले जनताको अभियान, जनताको प्रगति देख्न चाहाँदैनन् । उनीहरु त्यस्तालाई भत्काउन चाहान्छन । त्यसको जवाफ काम गरेर दिनेछौं ।ुु

प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रममा केही कमजोरी नभेटिएपछि ‘मेरो सरकार’ भन्यो भन्दै आरोप लगाइएको जिकिर गर्नुभयो । ‘मेरो सरकार होइन भने कसको सरकार हो त रु’ ओलीले प्रश्न गर्नुभयो, ‘राष्ट्रपतिले अर्कै सरकारको प्रतिवेदन पढ्ने हो र रु संसारभरि के गरिन्छ रु’

जनवर्गीय संगठन एकीकरणमा असन्तुष्टि जनाएकाहरूलाई प्रधानमन्त्री ओलीले चित्त सानो नपार्न सुझाव समेत दिनुभयो । ‘यतिबेला चित्त सानो पार्ने होइन, मन दुखाउने होइन, यतिबेला फराकिलो मनका साथ एकता र एकीकरणको भावनालाई आत्मसात गर्ने हो । २ वटा पार्टीलाई एक बनाएका छौं र नछुट्टिने गरी अन्तर्घुलन गर्दैछौं । अरू साथीहरू क्रमशः समेटिँदै जानुहुनेछ’, प्रधानमन्त्री ओलीको भनाई थियो ।